पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

  मूलधारपोष्ट  202 पटक हेरिएको

काठमाडाैं-भाजपा वरिष्ठ नेतृ एंव भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । स्वराजको मंगलबार राती नयाँ दिल्लीको एम्स अस्पतालमा निधन भएको हो ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार मुटुमा समस्या देखिएपछि मंगलबार राती स्वराजलाई अस्पताल भर्ना गरिएको थियो । जानकारी अनुसार उपचारको क्रममा एम्स अस्पतालमा उनको निधन भएको हो ।

स्वराजले केही वर्ष पहिले मात्रै किड्नी टन्सप्लान्ट गरेकी थिइन् । स्वास्थ्यकै कारण उनी गत लोकसभा निर्वाचनमा समेत प्रत्यक्ष उम्मेदवारको रुपमा सहभागी भएकी थिइनन् । सन् २००९ र २०१४ मा लगातार भाजपाको तर्फबाट लोकसभा चुनाव जितेकी स्वराज सन् २०१४ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् ।

उनको निधनप्रति भारतीय नेताहरुले दुःख व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराजको निधनप्रति दुःख व्यक्त गर्दै भारतको लागि अपुरणीय क्षति भएको बताएका छन् । निधन लगत्तै ट्विट गर्दै उनले मोदीले स्वराजको कार्यकालको प्रसंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार