देउवा सरकारले नियुक्त गरेका प्रमुख बाट समथ नलिने अोलीको उद्घोष

  मूलधार सम्वादाता  316 पटक हेरिएको

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख नियुक्त नगर्न सरकारलाई चेतावनी दिनुभएको छ । शनिबार आफ्नै निवासमा पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष ओलीले नभए सपथ समेत नलिने चेतावनी दिनुभयो ।

एमाले अध्यक्ष ओलीले काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘हामी प्रदेश नियुक्तिलाई मान्दैनौं, हामीलाई स्विकार्य छैन ।’

चुनाव हारेपछि पनि सत्ता हस्तान्तरण गर्न नखोजेको भन्दै उहाँले देउवाको आलोचना गर्नुभयो । देउवाले सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनु पर्ने भन्दै अध्यक्ष ओलीले बाहाना खोजेर सत्ता लम्ब्याउने काशिशस नगर्न आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गर्नुभयो । निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको उहाँको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार