पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  मूलधारपोष्ट  298 पटक हेरिएको

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५० पैसा बढाएको हो । खाना पकाउने एलपी ग्यासमा भने निगमले २५ रुपैयाँ घटाईएको निगमका प्रबक्ता बिरेन्द्र गोइतले जानकरी दिए ।

मूल्य बढेपछि पेट्रोलको प्रतिलिटर १०९, डिजेल र मट्टितेलको मूल्य ९७ कायम भएको छ । मुल्य घटेपछि ग्याँसको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार