नेपाली सेनाले मर्मत गर्यो त्रिवेणी साना जल विद्युत केन्द्रकोे नहर

  मूलधारपोष्ट  281 पटक हेरिएको

बाजुरा-सदरमुकाम मार्तडी स्थित त्रिबेणी सहकारी संस्था लि. द्धारा संचालित बाजुरा सानाजलविद्युत केन्द्रको नहर नेपाली सेनाको सहयोगमा मर्मत कार्य सम्पन्न भएपछि सोमवार देखि विद्यूत सेवा पुनःसुचारुभएको छ । वर्षादका कारण सनिवार सांझ एक्कासी बाहुली खोला आएर त्रिबेणी साना जलविद्युत केन्द्रकोे नहर वगाएपछि सदरकाम मार्तडी लगायत करिव २ हजार ग्राहक अध्यारोमा वस्न बाध्य थिए ।

नेपाली सेना सर्मजित गुल्म थापाथली ब्यारेकका गुल्मपति रबिन श्रेष्टको नेतृत्वमा ३६ जना बढिको समुहले बाहुली खोलाको द्धारी मुहानको बांध भत्केपछि विद्यूत सेवा पुनःसुचारु भएको हो । गुल्मपति श्रेष्ट लगायत सकल दर्जाका अधिकृत जवान बाहुली खोलामा पसेर तीब्ररुपमा नहरको मुहानमर्मत निर्माण कार्य सम्पन्न गरेको त्रिबेणी साना जलविद्यूत केन्द्रका अध्यक्ष अशोक रावलले बताउनुभयो । नेपाली सेना । सञ्चालक समिति र संस्थाका कर्मचारीको संयुक्त पहलमा खोलाको जोखमपुर्णकार्य सहजै सम्पन्न भएको अध्यक्ष रावलले वताउनुभएको छ । सामाजिक कार्य सामुहिकरुपमा गर्नु नै सहकारीको मर्मभएको संस्थाका उपाध्यक्ष उमा रोकायले वताउनुभएको छ ।

उसोत नेपाली सेनाले विद्युत नहर मर्मत देखि मठमन्दीर , मार्तडी बजार सरसफाई गर्दा होस वा अन्य कुनै सामाजिक कार्य गर्नुपर्दा सदरमुकाम थापाथली स्थित नेपाली सेनाको बिगत देखि उल्लेख्य सहयोग रहदै आएको छ । बाटो–घाटो पुल पौवार सार्वजनिक संरचना मर्मत सम्महार गरी नागरिकलार्ई छिटो छरितो सुविधा दिन नेपाली सेनाको नियमित कार्य भएको गुल्मपनित श्रेष्टले बताउनुभयो ।त्रिबेणी सहकारी द्धारा सञ्चालित बाजुरा सानाजलविद्युत केन्द्रको महान , नहर तथा पावर हाउसमा बाडि पहिरो हुंदा नेपाली सेनाले अग्रणी भुमिका रहदै आएको बजारवासीले बताए । ३० वर्ष पुरानो वाजुरा सानाजलविद्युत केन्द्र दिनप्रतिदिन जीर्ण बन्दै गएको केन्द्रका र्कचारीले बताए । सदरमुकाकाम मार्तडीको जीर्ण विद्यूुतको नहर तथा मेशिन विग्रदा बारम्वार विद्युत सेवा अनियमित हुंदा सेवाग्रही मर्कामा परेका छन् ।

उक्त केन्द्रको पावरहाउस स्थित २ नं युनिट मेशिनमा खरावी आउँदा एक साता देखि विद्यसुत सेवा नियमित हुन सकेको छैन । भारतबाट दक्ष मिस्तुरी ल्याएर मर्मतकार्य भैरहेको केन्द्रका प्राविधिक प्रमुख गणेशराज जोशीले बताउनुुभएको छ । लाखौं रुपैंया खर्च गरेर मर्मत गरे पनि पुरानो मेशिन तथा संरचनाका कारण ६/६ महिनामा मेसीन विग्रदा सेवा प्रभावित भएको बतायएको छ ।

केन्द्रीय प्रसारण लाईन पनि जिल्लामा नभएको र अन्य विकल्प पनि नभएकोले छिटो छरितो मेशिन मर्मत गरी सेवा प्रबाह गर्न बिद्युत केन्द्रलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्योपानेले बताउनुुभएको छ । साथै आफुपनि सहयोग गर्न तत्पररहेको बताउनुुभएको छ । विद्युत सेवा सुचारु नहुंदा जिल्लास्थित सरकारी गैरसरकारी कार्यालयका काम काजमा अबरोध आएको छ भने प्रबिधीको जमानामा विद्यूतीय सेवा नहुँदा सबैकाम प्रभावित भएको थियोे ।

त्रिवेणी साना जलविदुतको मुहान मर्मत गर्दै नेपाली सेना । तस्विर मुलधारपोष्ट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार