एकजना कार्यकर्ता पक्राउ

  मूलधारपोष्ट  351 पटक हेरिएको

बाजुरा-विप्लवका एकजना कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाको जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ६ को खरकाँणाबाट बर्ष २३ का लालबहादुर शाही प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शाहीलाई मंगलबारनै जिल्ला प्रहरी कार्यालय बाजुरामा झिाकाउने प्रहरी नायब उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । पक्राउ परेका शाहीको हातबाट एकथान खुकुरी, सरकार विरुद्ध विभिन्न प्रचापम्पलेट लगाएतका दस्तावेज समेत भेटिउको बताएको छ ।

जिल्ला प्रहरील यसका साथै उहाँलाई तालाबन्दी र चन्दा असुलीमा समेत संलग्न रहेको आरोप लागेको छ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लवका गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले यतीबेला जिल्लाका विभिन्न ठाउँमा प्रहरी परिचन परिचालन गरेको छ ।

बाजुराको पूर्वी उत्तरी क्षेत्रबाट यस अघिपनी १० बढी विप्लव कार्यकर्ता पक्राउ परिसकेको प्रहरीले बताएको छ । फेरीपनी जिल्लाका विभिन्न ठाउँमा नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ता लुकेर बसेको हुनसक्ने आशंकामा प्रहरीले जंगलमा समेत गस्ती खटाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार