नेपाली सेनामा ठुलोसंख्यामा जागिर खुल्यो (विज्ञापन सहित)

  मूलधारपोष्ट  919 पटक हेरिएको

काठमाडाैं- नेपाली सेनामा ठुलो संख्यामा विज्ञापन आह्वान गरेको छ । सेनाले ५ हजार ६ सय ९३ जना कर्मचारीको बिज्ञापन खोलेको हो। आवश्यक जनशक्ति खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नुपर्ने भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो । विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १/१ जना रहेका छन् । त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरेको हो । सेनाले साउन १९ देखि भदौ १६ सम्म दरखास्त दिन सकिने जनाएको छ । दोब्बर दस्तुर बुझाएर भने भदौ २३ गतेसम्म अवेदन दिन सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार