मदिरा बरामद गरि नष्ट

  मूलधारपोष्ट  151 पटक हेरिएको

बाजुरा- जिल्लाको वुढिन्नदा नगरपालिकाको कोल्टी बजारमा प्रहरीले  लाइसेन्स विनाको अबैध मदिरा बरामत गरि नष्ट गरेको छ । कोल्टीमा व्यवसायी गर्दै आएका सर्प वोगटीको पसलबाट सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी निरिक्षक जनकराज ढुङगानाको नेतृत्वमा प्रहरीको गस्ती टोलीले बाेगटीको पसलमा खानतलासी गर्दा मदिरा फेला पारेको प्रहरीले जनाएको छ । खान तलासी गर्दा पसल बाट वियर ,बुलुडाइमण्ट, भर्जिन गरी २ सय वटा क्वाटरका बोतलहरु फेला पारेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ।

व्यापारी सर्प बोगटीले २ वर्ष देखि अबैध मदिरा व्यपार गर्दै आएको आफैले स्वाकार गरेको प्रहरी निरिक्षेक जनक राज ढुङगानाले बताएका छन । मार्तडी मा रहेको नवबुद्ध मदिरा पसल को पाना नं. बाट कोल्टीमा मदिराको व्यपार गर्दै आएको , अहिले सम्म राज्यको कर छलेर व्यपार गरेको हिजो मात्र खान तलासि गर्दा अबैध मदिरा फेला परेको ढुङगानाले बताए ।

मदिरा नियन्त्रणमा इलाका प्रहरी कार्यालय कोल्टीमा वडा नं १ का वडा अध्यक्ष भिम वहादुर कार्कि, उद्योगबाणिज्या संघ का अध्यक्ष कासिराम थापा, पत्रकार, राजनितिक दलको रोहोभरमा नस्ट गिरिएको छ । त्यस्तै प्रहरी निरिक्षेक जनकराज ढुङगानाको नेतृत्वामा सनिबार दिउसो कोल्टीमा छापा मार्दा ५ सय ८४ सिसि बोतल मदिरा बरामत गरि नष्ठ गरेको हो । विना लाइसेन्स मा मदिरा विक्री वितरण गर्दै आएका जुद्ध वहादुर सिँह, जुना देवि थापा भोटे धामीको पसलबाट मदिरा बरामत गरेको प्रहरीले जनाएको छ । मदिरा बरामत गरि जन प्रतिनिधि, राजनितिक दल पत्रकार बुढिनन्दा नगरपालिकाका कर्मचारीको रोहोबरमा नष्ठ गरिएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार