महिला हिसांका घटना बढ्दै

  मूलधारपोष्ट  217 पटक हेरिएको

बाजुरा-जिल्लामा पछिल्लो समयमा महिला हिसांका घटना बढ्दै गरको छन् । आफूमा भएको हिसां सहन नसकेका मात्र न्यायमा पुगेको, धेरैजसो घरमै हिसां सहेर बसेका र मिलापत्र भई टुङ्गिने गरेका छन् । महिला माथि भएका जति हिसां हुन्छन् सबै न्यायका लागि न्यायिक निकायमा पुग्ने भने अझै घटनाले ठुलो रुप लिने जिल्ला स्वास्थ्य कार्यलयका डा.रोहित गिरीले बताउनुभयो । उहाँले पीडीत स्वास्थ्य चेकजाँचको लागि आफु कहाँ आएर सेवा लिएपछि पछुताउने गरेको बताउनु भएको छ । आफूकहाँ आईसकेपछि न्यानिक निकायमा नपुगेको सम्मका घटना आफु यथावत रहेको उहाँको भनाई छ ।

हिसां पीडीत महिलाहरुको क्षेत्रमा काम गर्ने न्यायीक निकायमै एकै तथ्याङ्क नभेटिने गरेको, बीचमै मिलोमतोमा घटना टुङ्गिने गरेको छ ।
यो बर्ष २०७५÷७६ मा महिला सम्वन्धिका ३० वटा घटना दर्ता भएको देखाईएको थियो भने सेभ हाउसले जिल्ला प्रहरीबाटै आएको ३४ जना देखाएकोमा ४ जनाको घटना बिचबाटै टुङ्गिएको देखाईएको छ । त्यस्तै आ.व.२०७५/७६ जिल्ला प्रहरी कार्यलयमा महिला माथि भएका विभिन्न ३० घटना दर्ता भएको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी निरीक्षक जनकराज ढुगांनाले बताउनु भएको छ । त्यस्तै सेभ हाउसमा १ सय १० जना र आमासंगै ३८ जना बच्चा गरी १ सय ४८ जनाको घटना दर्ता भएको काउन्सीलर सन्तोशी दानीले बताउनु भएको छ ।

उमेर समुह अनुसार सबैभन्दा बढी २० देखि २९ वर्षसम्म, जातजातीमा बाहुनक्षेत्री, हिसांमा मानसिक यातनाका घटना सेभहाउसमा आएको दानीले बताउनु भएको छ । त्यस्तै जजक १२, योनजन्य ३ शारिरीक यातनाा ३२ स्रोतसाधन ३२ र मानसिक ५३ वटा घटना सेभहाउसमा दर्ता भएको बताईएको छ ।  अब आगामी दिन महिला माथि हुने हिसां न्युनिकरण तथा व्यवस्थापनको लागि सरोकारवाल निकायले समन्वय र सहकार्य गर्ने, प्रदेश सरकारले महिला हिसांका न्युनिकरणका लागि सेभ हाउसमा आएको बजेट स्रोत साधनको लागि व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार