प्रचण्डले लाजिमपाट छोड्नुका तीन कारण यस्ता छन्

  मूलधार सम्वादाता  455 पटक हेरिएको

लाजिमपाट छोड्नुका तीन कारण
१. हालै छोरा प्रकाश दाहालको मृत्युसँगै आमा सिता दाहालले लाजिमपाट छोड्नु पर्ने बताउँदै आएकी थिइन् । प्रचण्ड सचिवालयका एक सदस्यका अनुसार सिता दाहालले राति सपना देख्ने र दिउँसोमा एक्लै हुँदा प्रकाश आएजस्तै लाग्ने गरेको बताउँदै आएकी थिइन् । प्रकाश निधनले परिवारलाई पारेको पीडा भुलाउन पनि लाजिमपाट छोडिएको हो ।

२. बसाईको सुरुदेखि नै विवादित बनेको घर भएका कारण प्रचण्डले पनि पहिलै राजिमपाट छोड्न चाहेका थिए । तर कहाँ र कसरी सर्ने, नयाँ घर पनि विवाद आउने डरले थप आलोजना हुने डरले लाजिमपाट छोडिएको थिएन ।

लाजिमपाट किनेको भन्ने आरोपबाट प्रचण्ड मुक्त हुन चाहन्थे । लाजिमपाटको उक्त घर प्रचण्डले किनेको तर कागजी रुपमा मात्रै अरुको नाममा गरिएको भन्ने अरोप लाग्दै आएको थियो । लाजिमपाट किनेको होइन भन्ने प्रचण्ड कुनै न कुनै समयमा देखउन चाहन्थे । त्यो साइत यतिबेला जुरेको हो ।

३. जनयुद्धमा रोल्पा, रुकुमका जनताको घर भन्दा नयाँ बजारको घर ठूलो र नयाँ बजारको भन्दा ठूलो भएपनि प्रचण्डको दैनिक भेटघाट, सचिवालय र सुरक्षाकर्मीको संख्याले लाजिमपाट सानो हुँदै गएको थियो । पार्किङदेखि विहानको मार्निङवाकको लागि लाजिमपाटको कम्पाण्ड सानो भएकै हो ।

अझ पार्टी एकतापछि हुने जमघटलाई लाजिमपाटले धान्न नसक्ने भएका कारण नयाँ घर सर्नु परेको बताइएको छ ।

प्रचण्डका नयाँ घरबेटी पनी समानुपातिकबाट सांसद बन्दै

शुक्रबार अजय सुमार्गीको घरमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि प्रचण्ड सिधै खुमलटारस्थित नयाँ घर गएका थिए । लाजिमपाटबाट सामान सार्न केही दिन लाग्ने भएकाले पूर्णरुपमा भने छोडिएको छैन ।

सुरक्षाकर्मीसहित सचिवालयका केही सदस्य लाजिमपाटमै बसेका छन् । नयाँ घर लाजिमपाट भन्दा धेरै सुविधा सम्पन्‍न भएको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाजिम्पाटबाट डेरा सारेका छन् ।

प्रचण्डले ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरलाई शुक्रबार साँझदेखि आफ्नो नयाँ डेरा बनाएका हुन् । अधिकारीको ललितपुर मानभवनमा रहेको अर्को घरमा एमाले–माओवादी केन्द्रका नेताबीच पार्टी एकता र चुनावी तालमेलको सहमति भएको थियो ।

शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका अध्यक्ष एबं कार्यकारी निर्देशक समेत रहेका अधिकारी माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सूचीमा छन् । समानुपातिक सूचीको बन्दसूचीमा उनको नाम ३३ नम्बरमा छ ।

प्रचण्डले छोरा प्रकाशको निधन, लाजिम्पाट निवासमा जाने बाटो साँघुरो हुनु र घर चुहिने यी ३ कारणले डेरा सारेको बताइएको छ । प्रचण्ड विहीबार साँझ नै त्यहाँ बस्न सुरु गरेका छन् । तर, मासिकरुपमा भाडा कति तिर्ने भन्ने बारेमा नटुंगिएको स्रोतले बताएको छ ।

प्रचण्ड यसअघि ५ वर्षदेखि लाजिम्पाट निवासमा बस्दै आएका थिए ।

–इमान्दारमिडियाबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार