दर्जन बढी एनसेलको टावरमा विष्फोट

  मूलधारपोष्ट  208 पटक हेरिएको

काठमाडाैं-अज्ञात समूहले देशभर एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गराएको छ | कतिपय जिल्लाहरुमा आगजनीले गर्दा संचार सम्पर्क काटिएको छ | र सेवाग्राही मर्कामा परेका | प्रहरीका अनुसार देशका विभिन्न्न जिल्लाहरु झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ । त्यस्तै, मोरङको उर्लाबारीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ ।यसैगरी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ । गएराति करिब ८ बजे आगजनी भएको र सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

यी सबै आगजनी र विष्फोटका घटना बुधबार रातिदेखि बिहीबार बिहान ८ बजेको बीचमा भएका छन् । विष्फोट र आगजनी कसले गरायो भनेर एकीन भएको छैन, तर विप्लव समूहको संलग्नता रहेको अनुमान छ । विप्लव समूहले एनसेल र एनटीसीका टावरमा क्षति पुर्‍याउँदै आएको छ । त्यस्तै म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुकोटमा रहेको एनसेल टावरमा आगजनी भएको छ । गयराति करिब पौने ११ बजे विष्फोटको आवाज आएसंगै टावरमा आगजनी भएको थियो । टावरमा आगजनी भएर जेनेरेटर जलेको अबस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

घटनास्थलको अवलोकनको क्रममा टावरमा जेनेरेटर जलको अबस्थामा भेटिएको भएपनि विद्युत सर्ट वा आगजनी के भएको भन्ने नखुलेको प्रहरीले जनाएको छ । टावर वरपर बम विष्फोट गराएको कुनै बस्तु फेला नपरेको कारण अज्ञान समुहले आगजनी गराएको हुनसक्ने अनुमान गरिएको छ । आगजनी भएको टावरमा एनसेलका प्राविधिकहरु समेत अवलोकनको लागि आउने तयारी गरेको प्रहरीले जनाएको छ । म्याग्दीमा गत फागुनमा विभिन्न ४ स्थानमा रहेका एनसेलका टावरमा आगजनी भएको थियो । प्रहरी अनुसंधानले ती घटनामा बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुको संलग्नता देखाएको थियो ।

काभ्रेको बनेपा बजारमा भर्खरै बम वि’स्फोट भएको छ । अहिले मध्यराति बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम बि’स्फोट भएको स्थानीयले बताएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले भने, बि’स्फोट भएको जानकारी हामीले पाएका छौं। घटनास्थलमा प्रहरी पठाइएको छ। क्षतिको कुनै विवरण भने आएको छैन,।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले बुधबार बागमतीसहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ। उसैले बि’स्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्दपि विस्फोटको जिम्मा भने कसैले लिएको छैन। यस्तै झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आ’गजनी गरेको छ। जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेका एनसेल टावरमा आ’गजनी गरिएको हो। पूर्ण बिवरण आइसकेको छैन । बारम्बार फलोअपमा छौ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार