स्टिल ट्रस ब्रिज सञ्चालनमा

  मूलधारपोष्ट  140 पटक हेरिएको

बाजुरा- जिल्लाको बडिमालिका नगरपालिका १ र २ मा पर्ने भौन्यारामा रेहेका घट्टे खोला जोड्ने स्टिल ट्रस ब्रिज सञ्चालनमा आएको छ । वडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले सोमबार एक कार्यक्रमका बिच समुद्घाटन गरेसंगै ब्रिज पुल संचालनमा आएको वडा अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिएका छन् ।

जिल्ला समन्वय समिति मार्फतको दुर्गम विकास क्षेत्र र वडिमालिका नगरपालिकाको करिब २४ लाखको लगानी र स्थानियहरुको जनश्रमदाबाट निर्माण गरिएको ट्रस ब्रिज पुल संचालनमा अएसंगै वडा नं १ को पिनालेख,नुवाकोट, पाटा, सल्याना, बाँयाकाटिया लगायतका विभिन्न क्षेत्रका स्थानियहरुले जुनुसकै मौसममा पनि आवतजावत गर्नसक्ने वडा अध्यक्ष कार्कीले बताए ।

पुलको गत पौषबाट निर्माण कार्य सुचार भैई असार मसान्तमा समपन्न भई संचालनमा ल्याएको बताघएको छ । निर्माण समितिका अध्यक्ष ईश्वर भण्डारीको अध्यक्षतामा संचालन भएको कायृक्रमको प्रमुख अतिथि वडिमालिका नगरपापिलकाका उपप्रमुख कविता विष्ट रहेकी थिईन भने बडिमालिका नगरपालिका २ का वडाअध्यक्ष राम बहादुर कार्की कार्यक्रममा विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा उपभोक्ता समुह लगायत स्थानियको सहभागिता रहेको थियो । हिउदमा खोलामा जोखीम मोलेर स्थानीयले आवत जाजत गर्ने गरेको भए पनि वर्षा सुरु भएसगै एक घण्टाको टाढामा रहेको झोलेङ्गु पुलको लामो बाटो गएरु खोला पार गर्नु पर्ने बाध्याता हटेको छ । एक घण्टा लामो बाटो ५ मिेनेटमा पार गर्न पाउदा स्थानीय खुशी भएको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार