जब लभर गर्लको भूमिकाको एक्सनमा आइन्(भिडियाे)

  मूलधारपोष्ट  413 पटक हेरिएको

जाइरा’ अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेको फिल्म हो । पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी श्रेष्ठको फिल्ममा एक्सन आइन् पुरानो फिल्म ‘मनको बाँध’ मा रहेको गीत रिमेक गर्नुपरेकाे छ । ६ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’को आइटम गीत रिलिज गरिएको छ । शुक्रबार इन्टरनेट ‘मार्फत सार्वजनिक ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाले आवाज भरेकी छन् । सो समय गीतमा मिरा राणाले स्वर दिएकी थिइन् ।

किरण खरेलले शब्द, शिवशंकरको संगीत रहेको रिमेक गीत फिरोज बज्राचार्य र डिजे राजुले रिएरेञ्ज गरेका छन् । ‘यो मात चढेको साँझ’मा तनुजा गुरुङले दमदार नृत्य गरेकी छन् । तनुजालाई अडिसनमार्फत गीतका लागि छानिएको हो । यसको कोरियोग्राफर गोविन्द राई हुन् । ‘जाइरा’ अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेको फिल्म हो ।

यो पनि-मैले मेरो महिनावारी लुकाएपछि।
आँटी (घरको माथिल्लो तला) को कोठामा सोलारको धिपधिपे बत्ती बल्दै थियो। त्यसभित्र थिएँ म र मेरो महिनावारीको दोस्रो दिन। मेरा नजरहरू दुई सय मिटर पर गोठनिर बसेकी अधवैंशे महिलामा अडिएका थिए। उनको महिनावारीको तेस्रो दिन रहेछ। हामी दुवैको समय, परिस्थिति र शारीरिक अवस्था एकै थियो। फरक यत्ति थियो, म घरको आँटीमा थिएँ, उनी ‘गोरु बाँध्ने गोठछेउ’ परालभित्र गुट्मुटिएकी। असारे झरीले उनलाई बेलाबेला जिस्क्याइरहेको थियो। त्यहाँ न भित्ता थियो न घेरबार। खुल्ला आकामुनि थिइन्, न पानी छेकिन्थ्यो न हावाहुरी। घाँस र गोबरको बीचमा घरिघरि लामखुट्टेले जिस्क्याइरहन्थ्यो। सायद मैले पनि उनकै छेउमा त्यो रात बिताउनुर्थ्यो। तर, मैले आफ्नो महिनावारीको दोस्रो दिन चल्दैछ भनेर कसैलाई भनेकी छैन।

म पाहुनाका रूपमा त्यो घरमा पुगेकी थिएँ। जुन कोठामा बसाले, त्यहीँ चुपचाप बसेँ। हरेकपटक झस्किरहन्थेँ। कतै ठूलो आवाज सुन्दा पनि धामी (देउता) त आएन भनी डराउँथेँ। आखिर मेरो दिमागमा वर्षौंदेखि मान्दै आएको यो कुप्रथाले कहीँ कतै बास त गरेकै थियो। त्यसैले आफ्नो महिनावारीको कुरा लुकाउँदा मेरो मनमा पीडा र हजारौं प्रश्न जन्मिरहेका थिए। म त्यस दिन छाउपडी अन्त्यकै अभियानमा हिँडेकी थिएँ। छाउपडीले विक्षिप्त कर्णालीकी चेली हुँ म। यही कुप्रथा न्यूनीकरण अभियान क्रममा प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकासँगै सीमा गाँसिएको दैलेखको गुराँस गाउँपालिका पुगेकी थिएँ।

रातभरि मानसिक तनावमा गुज्रिएँ। आफ्नै आँखाअगाडि एक महिला छाउपडी समस्यासँग जुधिरहेको देख्दा पनि मैले केही गर्न सकिनँ। बिहान सबैसँग यसबारे कुरा गर्ने आसमा सुतेँ। बर्खा बेला भएकाले म ब्यूँझिन नपाउँदै सबै आ–आफ्ना काममा लागिसकेछन्। मनमा अफसोच मात्र रह्यो, सायद साँझ नै कुरा गरेको भए? त्यो दिन यत्तिकै बित्यो। पहाडको बाटो, उकालीओराली हिँड्दा हिँड्दै थकित म, साथमा लुथरुक्क परेको जीउलाई अझ थकित बनाउने गह्रौं झोला। त्योभन्दा बढी गह्रौं मेरो मन थियो। मनमा अनेक तरंग आउँथे, जान्थे। तै मन दरिलो बनाउँदै म आफ्ना पाइला अगाडि बढाउँथेँ।

म हिँड्दै गर्दा पनि मतिर हेरिएका नजर नियाल्थेँ। फरक अनुहारमा फरक–फरक हेराइ पाउँथेँ। आँगनकै बाटो हिँड्नुपर्ने भएकाले कसैको अनुहारमा अलिकति संकोच पनि देखिन्थे। ती दृश्यले मलाई दुःखी र स्तब्ध बनाउँथे, जब देख्थेँ आँगनको डिलभन्दा दुई कोश पर राखिएका थाल, कचौरी र लोहोटा। जब देख्थेँ घरभन्दा एक सय मिटर पर बनाइएका सानो गोठ, जहाँ किशोरी र महिलालाई भित्र कोचिन्छन्। त्यो यात्रा क्रममा मैले छाडपडी न्यूनीकरणका थुप्रै अन्तर्क्रियामा भाग लिएँ, जहाँ गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, महिला तथा बाल सञ्जालका पदाधिकारी, अभिभावक र किशोर-किशोरी सहभागी हुन्थे। मलाई लागेको थियो, यो अन्तर्क्रिया फलदायी हुनेछ। किशोरीहरूले आफ्नो प्रश्नको जवाफ जनप्रतिनिधि, शिक्षक र आफ्नै अभिभावकसँग लिनेछन्।

कार्यक्रम सुरु भयो र अन्त्य पनि भयो। तर, किशोरीहरूको प्रश्नको यकिन जवाफ कसैले दिएनन्। हामी कहिलेसम्म छाउगोठमा बस्नुपर्छ? कहिलेदेखि छाउप्रथा अन्त्य हुन्छ? उनीहरूका यस्ता सवालमा एउटै जवाफ आउँथ्यो, ‘विस्तारै हुन्छ।’साँच्चै एक्काइसौं शताब्दीसम्म नभएको परिवर्तन अब विस्तारै कहिले हुन्छ? कहिलेसम्म कर्णालीका छोरीबुहारी परिवर्तनको बाटो कुरिरहने? कार्यक्रम सकिएसँगै हामी उकालो लाग्यौं। म त्यो गाउँकै लागि नयाँ व्यक्ति थिएँ। सबै किशोरी मेरै अगाडि-पछाडि झुम्म भएर हेरिरहेका थिए। उनीहरू आफूले भोगेका पीडा सम्झँदै समीक्षा पनि गर्थे।

करिब १५ वर्षकी एक किशोरीले भनिन्, ‘दिदी, महिनावारीको समय म दिउँसै गोठमा सुतिरहेका बेला मेरै खुट्टाबाट घस्रिँदै सर्प दुलोभित्र छिर्यो। म त्यो रातभरि निदाउनै सकिनँ। आमालाई पनि भनेँ। उहाँलाई मभन्दा प्यारो देउता भएछ क्यारे, केही वास्ता गर्नुभएन। दोस्रो दिन कपडाको झुम्रो मेरो वरिपरी सल्काएर जानुभयो।’ कुरा सकिएकै थिएन। मैले लामो सास फेर्न नपाउँदै छेवैबाट अर्की बहिनीले निन्याउरो अनुहार लगाएर भनिन्, ‘दिदी म पनि ठूलो कालबाट बाँचेको मान्छे हो।’

ती बहिनी महिनावारीको समय गोठमा सुतिरहेकी रहिछन्। जताततै अँध्यारो थियो। उज्यालोको नाममा हातमा एउटा धिपधिप बोल्ने लाइटर थियो। मध्यरातको मस्त निन्द्रामा ठूलो ठूलो फ्वाँ फ्वाँ आवाज आयो। हत्तपत्त लाइट बालेर हेर्दा उनको आधा परान त्यहीँ गयो। जब उनले घरको हान्ने गोरु फुत्किएर जीउमाथि कुल्चन लागेको देखिन्, उनी चिच्याउँदै त्यहाँबाट भागिन्। ‘म भाग्यले बाँचेँ। बिहान घरभरि मान्छे जम्मा भएको देखेँ। बज्यै मुर्छा पर्नुभएको रहेछ,’ उन्दै भन्दै थिइन्, ‘म छाउगोठबाट बाहिर निस्केर यस्तो भएको हो भन्दै सबै मैतिर धारे हात लगाउँदै एकोहोरो गाली गर्दै थिएँ। पछि धामीझांक्री गरेर उहाँलाई सन्चो भयो।’

‘त्यस दिनपछि मैले छाउगोठको घेरा नाघ्ने कोशिस पनि गरिनँ,’ ती बहिनीले मसँग प्रश्न गरिन्, ‘दिदी सहरमा पनि यस्तै हुन्छ?’ उनका यी कुरा सुनेर म स्तब्ध भएँ। प्वाक्क बोल्ने आँट आएन। मुन्टो हल्लाएर बसिरहेँ। हामी हिँड्दै महिनावारी अभियन्ताको घर पुग्दै थियौ। टाढैबाट घरपारि एउटा सानो कटेरो देखियो। मैले त्यो के हो भनेर प्रश्न गरेँ। सहजकर्ताले लाजले जमिनतिर हेर्दै भनिन्, ‘मिस हामी महिनावारी हुँदा त्यहीँ बस्छौं। मैले कतिपटक घरमा सम्झाउने प्रयास गरेँ, तर कसैले सुनेनन्। घरमै देवर धामी छन्। मैले छाउगोठ भत्काउनुपर्छ भन्दा देवर र देउरानी बहिनीले अहिलेसम्म मसँग बोली बारेका छन्। भन्न पनि लाज लाग्छ, मेरै ससुरा वडासदस्य हुनुहुन्छ।’

मैले उनलाई नेपालको कानुनले छाउपडीलाई अपराध मानेको छ र सजायसमेत तोकेको छ भन्दै सम्झाएँ। यसै सन्दर्भमा मलाई एक जना आमाले भनेको कुरा याद आउँछ, ‘हामी छाउगोठमा सुत्छौं, प्रहरी कहिल्यै हेर्न आउँदैनन्। कानुन त छ भन्छन् तर सजाय खोइ कसले पायो? गाउँगाउँमा छाउगोठ छन्, किताबमा मात्रै कानुन भएर हुन्छ र?‘

महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न वा त्यस्तै अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन। २०७४ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १६८ को उपदफा (३) मा भएको व्यवस्था हो यो। उक्त दफाको उपदफा (४) मा यस्तो कसुर गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। अझ उपदफा (५) मा राष्ट्रसेवकले यस्तो कसुर गरे थप तीन महिना कैद सजाय हुने व्यवस्था गरेको छ।

ऐन लागू भएको नौ महिना बित्दा पनि यो व्यवस्थाअनुसार कसैलाई कारबाही भएको छैन। बाटोभरि हिँड्दा मैले महशुस गरेँ, यो समस्या उनी एक सहजकर्ताको मात्र होइन, जो बाहिर छाउपडी न्यूनीकरणका लागि दिनभरि अभियान चलाउँछिन् र साँझ घर आएर आँगनसम्म नटेकी छाउगोठमै रात बिताउँछिन्। मैले उल्लेख गरेका यी कर्णाली प्रदेशकै प्रतिनिधि पात्र हुन्।
सबै वृत्तान्त सुनिसकेपछि मेरो मन-मस्तिष्कले फरक–फरक सवालमा झस्काइरह्यो। मन भन्थ्यो- यो समाजमा सबैले यही रीति मान्दै आएका छन्। तैंले पनि उनीहरूको कदर गर्नुपर्छ। आज तेरो महिनावारीको दोस्रो दिन।फेरि मेरै दिमागले भन्थ्यो- सजना तँ एक अभियानकर्ता होस्। तैले नै सुरुआत नगरे कसले गर्ने? -सजना सुनार/सेतो पाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार