अोली निवास बालकोटमा पुगे राजेश हमाल, (भिडियो सहित)

  मूलधार सम्वादाता  397 पटक हेरिएको

काठमाडाैं-  महानायक राजेश हमालले एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन्। शनिबार बिहान ओली निवास बालकोट पुगेर हमालले ओलीलाई बधाई दिएका हुन्। गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएको र त्यसका नेतृत्वकर्ता ओली भएको भन्दै हमालले भेटेरै बधाई दिएको ओलिका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

देश र जनताले आफूलाई गरेको विश्वास र जिम्मेवारीबाट विमुख नहुने प्रष्ट पारेको प्रेस संयोजक अधिकारीले बताए।

‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ ओलीको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन।’

ओलीले हमाललाई चलचित्रमा अभिनय मात्र नभएर देश बनाउनका लागि पनि भूमिका निवार्ह गर्नुपर्ने बताएका छन्। ‘देश निर्माणका लागि अभिनय मात्र होइन तपाईंहरुबाट सहयोगको अपेक्षा गरिएको छ’ हमाललाई ओलीले भने। हेर्नुहोस्  भिडियाे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार