जन्मे पछि मर्नु पर्ने यो रीत जिन्दगीको

  गजल  299 पटक हेरिएको

जन्मे पछि मर्नु पर्ने यो रीत जिन्दगीको
बाचुन्जेली गाउनु पर्ने गीत जिन्दगीको!

दु:ख सुख तेरो मेरो भन्दै जान्छ जीवन
मृत्यु सँग कहिले हुन्न जित जिन्दगीको!

जुवा रहेछ जिन्दगी यो काल सँगै खेल्ने
लाग्दैन त्यो दाउ कहिले चित जिन्दगीको!

आज सम्म सबै बिते कोही अमर छैन
कसैको मेटिएन बाँच्ने धित जिन्दगीको!

अनुनय विनय सबै विन्ती गर्दा पनि
कहिले नहुने त्यो काल मीत जिन्दगीको!
जय ओलि (बजुरेल कान्छो)
खप्तड छेडेदह गाउँ पालिका ७ ओलिगाउ
हाल : काठमाडौ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार