सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर युवतीको मृत्यु

  पत्रपत्रिकाबाट  448 पटक हेरिएको

रामेछापमा सेल्फी खिच्ने क्रममा तामाकोसी नदीमा खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर महालक्ष्मी नगरपालिका– ६ घर भएकी बर्ष १९ की सर्मिला कर्मचार्य रहेकी छन् । उनको कठजोर खोला नजिककैबाट सेल्फी खिच्ने क्रममा नदिमा खसेर ज्यान गएको हो । कठजोर खोला नजिकबाट सेल्फी खिज्दै गर्दा खसेर तामाकोशी नदीले बगाएको कर्मचार्यको शव मन्थलीको ऐयरपोर्ट नजिकबाट सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

करिब पाँच किलोमिटर माथिबाट बगाएका उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृतक युवतीको शव पोष्ट मार्टमको लागि मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

त्यस्तैखेतमा काम गर्ने क्रममा करेन्ट लाग्दा बाबुछोराको ज्यान गएको छ । धनुषाको कमला नगरपालिका–१ मंगराहा गाउँमा करेन्ट लागेर बुवा–छोराको ज्यान गएको हो । खेतमा काम गर्न गएका बेला ४५ वर्षीय राजेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धमेन्द्रको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रवार साँझ करेन्ट लागेर घाइते भएका उनीहरुलाई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय शहीदनगरले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार