
बाजुरा-भुवन दाहाल र निरुता खत्रीको स्वर रहेको मौलिक देउडा गीत “जिन्स पाइन्ट लाउँदी” बिशेश फिल्म प्रा लि को युटुव च्यानल मार्फत बिहीबार सार्वजनिक भएको छ । पछिल्लो समयमा देउडा गीतहरुमा भित्रिएको बिकृतीमाथि ब्याँग्यात्मक सैलीमा तयार पारिएको देउडा गितको शव्द संचारकर्मि महेश कुमार कार्कीले लेखेका हन् ।
सुदुर तथा मध्यपश्चिमका क्षेत्रहरुमा अतिनै लोकप्रिय मानिने देउडा भाका यति खेर बिकृतीको शिकार बन्दै गएको छ । यो गितले सुदूर पश्चिम र कर्णली को संस्कृतिको जगेर्ना सङ्गै जनचेतना मुलक सन्देश समेत दिएको छ ।
कृष्ण बाजुरेलीले अडियो सम्पादन गरेको देउडा गितमा विजय कुमार थापा मगरको संगीत र लय रहेको छ । भिम बिष्ट (अछामी रेखा थापा) ले निर्देशन गरेको उक्त देउडा गितको भिडियो छायांकन अमित बिकले गरेका छन् भने कृष्ण बिसीले भिडियो सम्पादन गरेका छन् । भिडियोमा अछामी रेखा थापा, स्मृती, दिपेन्द्र जंग लगायतको अभिनय रहको छ । भिडियो सहित ।