बाजुराको नमुना बिद्यालयमा भानोदय मावि छनोट

बाजुरा-जिल्लाको बुढिगङ्गा नगरपालिकामा रहेको भानोदय माध्यामिक विद्यालय जिल्ला तथा राष्ट्रिय स्तरमा नै नमुना विद्यालयमा छनोट भएको छ । विद्यालयको क्षमतामा सुधार गरी शिक्षामा रुपान्तरणको गतिलालाई तीव्रता दिने सरकारको योजना अनुसार बुढीगङ्गा नगरपालिको वडा नं ५ शिक्षा नगरमा रहेको भानोदय मावि जिल्ला तथा राष्ट्रिय स्तरमा नमुना विद्यालयका लागि छनोट भएको हो । गत असार २७ गते नेपाल सरकारको मन्त्री परिषदको वैठकले छनोट गरेको ८४ नमुना विद्यालयको सूचीमा भानोदय मावि पनि छनोट भएको हो ।

नमुना विद्यालय छनोटका लागि छनोट पुर्वाधार विकासका सात वटा आधारहरुमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बाजुरा र शिक्षा मन्त्रालयबाट मुल्याकन भएपछि भानोदय मावि नमुना विद्यालयमा छनोट भएको हो प्राध्यापक मनवीर खातीले बताउनु भयो । जसमा कक्षा ११ र १२ मा पढाइ हुने विषय,विद्यालयमा भएको जग्गा ,विद्यार्थीको अनुपात , एसईईको नतिजा, विद्युत र इन्टरनेट , विद्यालयको अवस्था, विद्यालयमा गावि सञ्चालन गर्ने सक्ने अवस्थाका आधारमा मुल्याकन भएपछि भानोदय मावि जिल्लाकै नमुना विद्यालयमा छनोट भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत मानव स्रोत तथा संशोधन केन्द्र विद्यालय शिक्षा मापडण्ड निर्धारण शाखाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा छनोट गर्नु पर्ने एक सय नमुना विद्यालयमा मन्त्रिपरिषद वैठकले ८४ वटा विद्यालयलाई छनोट गरिएको थियो । आर्थिक वर्ष २०७३/०७४ देखि २०७९/८० सम्म सात वर्षको अवधि भित्र देशभर एक हजार विद्यालयलाई नमुना बनाउने योजना अनुसार हाल २२२ वटा विद्यालय छनोट भई गुरु योजना सहित नमुना विद्यालय विकास कार्यक्रम भइरहेको मन्त्रालयले जनाएको छ । नमुना विद्यालय छनोट भएका विद्यालयहरु गुरस्तरीय शिक्षाका लागि नमुना विद्यालय सञ्चालन निर्देशिका बमोजिम शिक्षक र विद्यार्थी अनुपात कार्यान्वयन गर्नुपर्ने हुन्छ । नमुना विद्यालयमा छनोट भएपछि नमुना विद्यालय विकास कार्यका लागि वार्षिक एक करोड रुपिँया सम्म अनुदान विद्यालयले प्राप्त गर्ने सक्ने मन्त्रालयले जनाएको छ ।

भानोदय मावि जिल्लाकै सामुदायिक विद्यालय मध्येकै सबैभन्दा बढी विद्यार्थी र शिक्षक सङ्ख्या रहेको विद्यालयमा पर्दछ । हाल ६ देखि कक्षा १२ सम्म १ हजार भन्दाबढी विद्यार्थी तथा २७ जना शिक्षक रहेका छन् । कक्षा ६ देखि १० सम्म नेपाली माध्यम र कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, व्यवस्थापन संकाय , मानविकी र प्राविधिक पशुपालन पठन पाठन हुँदै आएको भानोदय माविका प्राध्यापक मनवीर खातीले बताउनु भयो ।
२०२४ साल देखि स्थापना भएको यो विद्यालय जिल्लाकै सबै भन्दा पहिलो मावि रहेको प्राध्यापक खातीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार