गौरीकाको फिनामा नयाँ कीर्तिमान

  एजेन्सी  223 पटक हेरिएको

१८ औं फिना विश्व च्याम्पियनसिपमा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ कीर्तिमान बनाएकी छन् । दक्षिण कोरियामा जारी प्रतियोगितामा उनले एक सय मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान सुधार गर्दै एक सय ६२ मिलिसेकेण्डको नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि १ सय ७९ मिलिसेकेण्डको कीर्तिमान थियो ।

फ्रिस्टाइल वरीयतामा गौरिका ९३ खेलाडीमा ६९ औं स्थानमा छिन् । यस्तै नेपालका एलेक्जेन्डर शाहले पनि राष्ट्रिय कीर्तिमान बनाएका छन् । पौडीबाज शिरीष गुरुङको नाममा एक सय मिटर फ्रिस्टाइलमा रहेको कीर्तिमान शाहले तोडेको छन् ।

उनले ५६.२८ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए । शिरीषले दुई वर्षअघि ५७.६९ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार