सरकारी जागिर खाने हो ? नेपाल टेलिभिजनले जागिर खोलेको छ !

  मूलधार सम्वादाता  750 पटक हेरिएको

सरकारी जागिर खाने हो ? यदि खाने हो भने नेपाल टेलिभिजनले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
मंसिर २९ गते शुक्रबार गोरखापत्रमा प्रकाशित सूचना गरी विभिन्न पदमा ४६ जना कर्मचारी माग गरेको छ । तलको विज्ञापन हेरी इच्छुक नेपालीले तोकिएको समयमा आवेदन दिन सक्नुहुनेछ ।

नेपाली नागरिकहरुको लागि यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले ३० दिनभित्र र सो म्याद नाघेको मितिले ७ दिनभित्र दोब्वर दस्तुर  तिरी सस्थाको व्यापार महाशाखा भद्रकाली प्लाजा (राससको दक्षिणपट्टी) मा आइपग्ने गरी आवेदन दिनहुन यो सुचना प्रकाशन गरिएको जनाएको छ ।

आयोगले रित नपुगी र म्याद  नाघी प्राप्त हुन आएको दरखास्त उपर कुनै कारबाही गरिनेछैन भनेर सुचनामा उल्लेख गरेको छ । साथै दरखास्त फारम सस्थानको वबसाइट www.ntv.org.np मा गएर प्राप्त
गर्न सकिने भएको छ ।

यो पनि अध्ययन गर्नुहोस्

यसरी पढेमा लोकसेमा सफल भइन्छ !

लोक सेवा आयोगमा नाम निकाल्नका लागि लगनशिलसँगै विषय केन्द्रीत भएर अध्ययन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

निजामति सेवाका लागि सबैले इच्छा राख्ने भएतापनि विषय केन्द्रीत अध्ययन गर्न नसकेका कारण आयोगमा धेरैले नाम निकाल्न नसक्ने गरेको उनीहरुले बताएका थिए ।

भाई ईन्ष्टिच्यूट बुटवलले लोक सेवा तयारी कक्षाका लागि बुटवलमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा निजामति सेवामा लागेकाहरुले लोक सेवा लडेर जागिर खान्छु भनेर धेरै विषयबस्तुको अध्ययन सकि नसकी गर्नु भन्दापनि बैज्ञानिक हिसावले अध्ययनलाई जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले निजामित सेवाका लागि ईच्छा राखेरमात्र नहुने उल्लेख गर्दै त्यसका लागि तयारी कक्षासँगै अध्ययनमा एकरुपता ल्याउन आवश्यक रहेको बताए । त्यस्तै कार्यक्रममा रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले लोकसेवाको परीक्षालाई सरल र सहज रुपमा लिनु पर्ने बताउदै ध्यानकेन्द्रीत भएर तयारी गरे सफल भईने धारणा राखे ।

कार्यक्रममा गुणस्तर तथा नापतौत क्षेत्रीय कार्यालय बुटवलका अधिकृत अम्विका गैरे, आन्तरीक राजश्व कार्यालयका कर अधिकृत धनेश्वर अर्याल, लेखक दिपक रोका लगायतले लोक सेवाको तयारीका लागि सतहीभन्दा पनि ध्यानकेन्द्रीत गहिराई अध्ययन हुन आवश्यक रहेको बताए ।

ईन्ष्टिच्यूटका प्रवन्ध निर्देशक निलम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार झविन्द्र देवकोटाले गरेका थिए । ईन्ष्टिच्यूटले लोकसेवाका शाखा अधिकृत, नायव सुब्बा र खरिदारका तयारी कक्षाहरु संचालन गर्दै आएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार