६ महिनादेखि नगरसभा अनिश्चित, विकासे काम ठप्प

  मूलधार सम्वादाता  386 पटक हेरिएको

बाजुरा– स्थानीय तह निर्वाचन सकिएको ६ महिना बितिसक्दा पनि बुढीगंगा नगरपालिकाको नगर सभा सञ्चालन हुन सकेको छैन् । नगरसभा नहुँदा नगरपालिकाको दैनिक कामकाज र विकास निर्माणका काम ठप्प बनेका छन् ।

दैनिक कार्यालय सञ्चालन बाहेक सबै कामहरु अस्तव्यस्त रहेको नगरपालिकाका कर्मचारीले बताएका छन् । स्थानीय तह निर्वाचन असार १४ गते सम्पन्न भएको हो । जनप्रतिनिधीले असार १८ गते सपथ लिएका थिए ।

एक महिना भित्र नगरसभा गरिसक्ने प्रावधान रहेपनि नगर कार्यपालिका बैठक समेत भदौ देखि बसेको छैन् । सुरुमा नियम संशोसधन गरेर दुई महिना भित्र गरि सक्ने निर्णय गरेको भएपनि अहिले सम्म नगर सभा हुन नसकेको स्थानीय कृष्ण बहादुर थापाले बताएका छन् ।

नगर पालिकाको सम्पूर्ण काम अस्तव्यस्त हुँदा पनि नगर प्रमुख दिपक विक्रम शाह र उपप्रमुख तारा खाती थापा मौन छन् । बुढीगंगा नगरपालिकामा काँग्रेसले जितेको हो । नगर सभामा प्रमुख र उपप्रमुख सहीत ६ जना काँग्रेसबाट सदस्य छन् । भने १४ जना एमालेबाट सदस्य छन् ।

दलबीचको आ आफ्नै अडान र स्वार्थका कारण नगरपालिकाको काम कामग ठप्प छ । जनताको काम प्रति जिम्मेवार हुनु भन्दा दलगत स्वार्थमा दुबै तिरका सदस्य लागिपरेको सर्वसाधारणको आरोछ । नगर प्रमुख उपप्रमुखले बहुमतको दम्भ देखाएर असहयोग गर्ने गरेको बताउँदै आएका छन् ।

तर नगर कार्यपालिकाको बैठक समेत नबोेलाएकोले बहुमत र अल्पमतको विषय नै नरहेको नगरकार्य पालिका सदस्य एवं एमाले नेता टिका विकले बताएका छन् । नौ वटा स्थानीय तह मध्ये बुढीगंगा नगरपालिका मात्र नगर सभा गर्न नसक्नेमा परेको छ ।

भदौ अन्तिम साता दोस्रो बैठक बसेपनि त्यसपछि नगर प्रमुखले बैठकका लागि कुनै कुरा नै नगरेको र नगरपालिकाको विकास निर्माण प्रति चासो नै नराखेको कार्यपालिका सदस्य एवं ९ नम्बरका वडा अध्यक्ष भरत थापाले बताएका छन् ।

दुई पटक सम्म कार्यपालिकाको बैठेक बसेको थियो, त्यसपछि बैठक समेत बसाल्न नसेकेको थापाको आरोप छ । कार्यपालिकाको बैठकमा बिषयगत समितिको विवादले अहिले सम्म नगरसभा बस्न नसकेको १० नम्बर वडा अध्यक्ष धर्मराज जैशिले बताएका छन् ।

एमाले समर्थक र काग्रेस समर्थकले बिषयगतमा आ आफ्नो अडान राखेपछि विवाद चुलिएको हो । बिषयगत समितिमा बहुमत एमाले समर्थकले ५ र १ काग्रेस समर्थकलाई दिने एमाले पक्षले वताएको थियो । प्रमुख उपप्रमुख सहित ४ जना सदस्य रहेका काग्रेस समर्थकले २ आफुले पाउनु पर्ने बताएपछि विवाद बढ्दै गएको हो ।

नगरपालिकाले कर्मचारीको तलब खुवाउने बाहेक सिन्को भाँच्न सकेको छैन् । नगरसभा नहुँदा कर्मचारीको तलब मात्र खुवाउने काम भएको र अरु कुनै गतिबिधि हुन नसकेको लेखापाल रमेश शाहले बताएका छन् ।

यता नगर प्रमुख दिपक विक्रम शाहले नगरसभा नभएकै कारण नगरपालिकामा हुने विकासे काम अलपत्र परेको स्वीकार गरेका छन् । एमाले र काग्रेसका कारणले नगरपालिका अनिर्णयको बन्दि बनाएको शाहको भनाई छ । शाह आफै नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव हुन् ।

नगर प्रमुख शाहले बिषयगत समितिमा समझदारी गरौ सबै मिलेर जाँउ भन्दा एमाले समर्थकले नमान्दा समस्या आएको बताएका छन् । समझदारी गर्न खोजिरहेका छौ, नभए प्रक्रियामा जाने शाहले भन्नु भएको छ । विकास निर्माणदेखि सामाजिक सुरक्षा भत्ता वितरणमा समेत अन्यौलता आएपछि स्थानीय आक्रोशित बनेको पत्रकार प्रकाश सिंहले समाचार लेख्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार