चर्चित बाल कलाकार शिवलेखको मृत्यु

  एजेस्स  729 पटक हेरिएको

नयाँ दिल्ली-भारतको राजधानी नजिकै धरसिवा गाउँमा भएको सडक दुर्घटनामा बलिउड र टेलिभिजनका चर्चित बाल कलाकार शिवलेख सिंह उर्फ अनु सिंहको मृत्यु भएको छ ।

भारतीय मिडियाका अनुसार शिवलेख आफ्नो परिवारसँग कारमा यात्रा गरिरहेका थिए । बिहिबार दिउँसो ३ बजे उनी चढेको कार ट्रकसँग ठोक्कियो । शिवलेखका बुवा शवेन्द्र सिंह र आमा लेखना सिंह ग*म्भीर अवस्थामा अस्पतालमा भर्ना छन् । उनी १४ वर्ष मात्र भएका थिए ।

इन्डियाज बेस्ट ड्रामेबाज, सोनी टिभी संकटमोचन हनुमान, कलर्स टिभीको ससुराल सिमरका, सब टिभीका खेलाडी, बालवीर, श्रीमान जी श्रीमती जीबिग म्याजिकको अकबर–बिरबलमा अभिनय गरिसकेका छन् । शिवलेखले टिभी सिरियल ससुराल सिमरकासहित विभिन्न टेलिश्रृङ्खलामा महत्वपूर्ण भूमिका निभाएर आफ्नो पहिचान बनाएका थिए ।

उनले जी टिभीको इन्डियाज बेस्ट ड्रामेबाज, सोनी टिभी संकटमोचन हनुमान, कलर्स टिभीको ससुराल सिमरका, सब टिभीका खेलाडी, बालवीर, श्रीमान जी श्रीमती जी, बिग म्याजिकको अकबर–बिरबलमा अभिनय गरिसकेका छन् । उनी रेमो डिसुजाको फिल्ममा पनि काम गरिरहेका थिए । दुर्घटनापछि ड्राइभर ट्रक छोडेर भाग्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार