तनहुमा बस दुर्घटना, १५ जना घाइते

  रासस  346 पटक हेरिएको

तनहु-  तनहुँको ब्यास नगरपालिका– १२ स्थित घाँसीकुवामा आज माइक्रो बस र बस ठोक्किँदा १५ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडाैं जाँदै गरेको ग १ ख ६०६२ नं. को माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ८७५९ नं को बस एक आपसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् ।

घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

माइक्रो बसले उछिन्ने क्रममा अगाडिबाट आएको बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुबै बसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार