नयाँ सरकार गठन प्रक्रियामा विवाद

  मूलधार सम्वादाता  358 पटक हेरिएको

काठमाडाैं-  नेपाली काँग्रेस र वाम गठबन्धनबीच नयाँ सरकार गठनमा विवाद देखिएको छ । राष्ट्रपति कार्यालयमा अड्किएर बसेको राष्ट्रिय सभा निर्वाचन अध्यादेश जारी हुन ढिलाइ भएपछि दलहरू आरोप प्रत्यारोप मा उत्रिएका हुन् ।

प्रधानमन्त्री चयनमा प्रतिनिधिसभा र राष्ट्रिय सभादुवै चाहिने÷नचाहिने र दुवै सदनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने÷नपर्ने विषयमा दलहरुको कुरा मिल्न सकेको छैन ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशको बारेमा दलीय सहमति जुटाउन आग्रहगर्नु भएको थियो ।

संविधानमा राष्ट्रिय सभामा महिला प्रतिनिधित्व सुनिश्चित गरिसकेको अवस्थामा महिलाको समानुपातिक प्रतिनिधित्वका लागि राष्ट्रिय सभा कुर्न नपर्ने वाम गठबन्धन आबद्ध दलको तर्क छ ।

नेपाली कांग्रेस भने राष्ट्रपति समक्ष पेस भएको अध्यादेश जस्ताको तस्तै पारित गरी राष्ट्रिय सभा गठनपछि मात्र प्रधानमन्त्री निर्वाचन हुनुपर्ने पक्षमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार