विजय कुमार गच्छदारको खुसी खोसिने सम्भावना बढ्यो

  निर्वाचन विषेश  2712 पटक हेरिएको

काठमाडाैं-  बहालवाला उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले निर्वाचनमा धाँधली गरेर जितेको आरोप लगाउँदै चौधरीले उच्चस्तरीय समिति गठन गरी छानबिन गरेर पुनः मतदान गर्नुपर्ने माग गरेकी हुन् ।

बुधबार इटहरीमा पत्रकार सममेलन गरी उनले प्रहरी प्रशासन, निर्वाचन आयोगको सेटिङमा गच्छदारलाई जिताइएको आरोप लगाइन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मैले जितेको चुनाव हराउन अनेक जालझेल र षडयन्त्र भए ।’

उनले मतदानका दिन मतदान अधिकृतले मुचुल्का उठाउन प्रयोग गरेका खाली कागज र मतपेटिका सिल गर्ने वस्तु गणनास्थलबाहिर भेटिनुका साथै अर्धकट्टीसहितका नौवटा मतपेटिकाका सिरियल नम्बर हेर्न नदिएकाले षडयन्त्र भएको जिकिर गरेकी छिन् ।

मतगणना स्थगित हुँदासम्म भगवतीले २९ हजार ३२६ प्राप्त गरेकी थिइन् । विजयले भने २९ हजार १७१ प्राप्त गरेका थिए । विजयले आइतबारदेखि मतान्तर घटाउँदै सबैभन्दा कममा पु¥याएका बेला विवाद भएर गणना स्थगित भएको थियो ।

बुधबार बिहान सकिएको गणनाअनुसार सुनसरी ३ नं. क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले प्रतिनिधिसभा सदस्यमा ३ सय २१ मतान्तरले भगवतीलाई हराएर विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार