बाजुरामा यसरी मनाइयो पाँचौ अन्तराष्ट्रिय योग दिवस (फोटो सहित)

  मूलधार पोष्ट  300 पटक हेरिएको

बाजुरा-पाँचौ अन्र्तराष्ट्रिय योग दिवस बाजुरामा पनि विभिन्न कार्यक्रम सहित मनाईएको छ । “शान्ति र सद्भावका लागि योग” भन्ने नाराका साथ अन्र्तराष्ट्रिय योग दिवस जिल्लामा मनाईएको हो । सम्पूर्ण मानसिक तनावबाट मुक्त गरी चञ्चल मनलाई नियन्त्रण गरी बन्धनबाट मुक्त गराउने अभ्यास योग भएकोले व्यक्ति व्यक्तिमा योगाको महत्व बारे दिवसमा जानकारी गरिएको पतञ्जली योग समितिका अध्यक्ष लाल बहादुर ओलीले बताउनुभएको छ ।

शारिरीक अभ्यास विना नै शारिरीक अवस्था सन्तुलित र स्वस्थकर राख्ने कलाको प्रयोग जीवनका लागि निकै लाभदायी र उपयोगी भएको प्रतिक्रिया योगा अभ्यासमा सहभागिहरुको रहेको छ । योग जुन अवस्थामा पनि गर्न मिल्ने र जुनसुकै स्थानमा पनि गर्न सकिने बारे जानकारी पाउँदा धेरै सिक्ने अवसर मिलेको व्यायाममा सहभागि हरिचन्द्र पाध्यायले बताउनुभएको छ । मालिका माविको प्राङ्गणमा पाँचौ अन्तराटिय योग दिवस जिल्ला स्तरिय समितिकोे आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र पतञ्जली योग समितिको समन्वय तथा व्यवस्थापनमा विभिन्न योग अभ्यासहरु गर्दै योग दिवस मनाईएको हो ।

शुक्रबार विहाना ५ बजेदेखि देखि सञ्चालन भएको योग दिवसमा करिव ५ सय जनाले भाग लिएका थिए । योग दिवसको अवसर पारेर सहभागीहरुलाई सुक्ष्म व्यायम विभिन्न योगाशन, प्राणयम लगाएतका योग अभ्यासहरु गराईएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले दिनहु योग गर्नले शरिर तन्दुरुस्त हुने विभिन्न रोगहरुले आक्रमण नगर्ने शरिर फुर्तिलो भई रोग प्रतिरोधात्मक शक्ति प्राप्त हुने भएकोले दिनहु योग गर्न आवश्यक रहेको बताउनुभएको छ । पतञ्जली योग समितिका अध्यक्ष लाल बहादुर ओली,जिल्ला आयुर्वेद्ध स्वास्थ्य कार्यालयका गणेश यादव र हरिचन्द्र पाध्यायले योग अभ्यासको प्रशिक्षण गर्नुभएको थियो ।

र्याली सहित बजार परिक्रमा गरी लोकतान्त्रिक चोकमा कोण सभामा परिणत भएको थियो । अन्तराष्ट्रिय योग दिवस जिल्ला स्तरिय समितिका अध्यक्ष गंगाप्रसाद न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल,प्रहरी नायव उपरिक्षक उद्धवसिंअ भाट,प्रहरी निरिक्षक,प्रहरी जवान,शसस्त्र प्रहरी,नेपाली सेना बिद्यार्थी र स्थानीयको भव्य सहभागिता रहेको थियो । केहि फोटोहरु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार