मदिरा सेवन गरि सवारी हाक्ने चालक प्रहरीको फन्दामा

  मूलधार पोष्ट  195 पटक हेरिएको

बाजुरा-जिल्ला सदरमुकाम मार्तडीमा मदिरा सेवन गरी गाडी हाक्ने चालक प्रहरीको फन्दामा परेका छन् । मदिरा सेवन गरेर गाडी चलाइरहेको अवस्थामा एक जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार मदिरा सेवन गरेर जीप मार्तडी बजारबाट जाँदै गर्दा कारागार नजिकै गुडीरहेको गाडीलाइ ठक्कर दिएको तर गाडीमा सवार कसैलाइ केही पनी नभएको बुझिएको छ । मदिरा सेवन गरी अर्काे गाडी ओभर ट्याक गरी जाने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

डोटीको जोरायल गाउँपालिका–२ घर भएका चालक उपेन्द्र कडेँलले मदिरा सेवन गरी जीप चलाईरहेको अवस्थामा पक्राउ परेका हुन् । चालक कडँेल विगत ३ महिनादेखि जिल्लामा जीप चलाउदै आएको छन् । मदिरा सेवन गरी से. १ ज १०६४ नम्बर जीपले से १ ज ५ सय ४१ नम्बरको जीपलाई ठक्कर दिएको हो । ठक्कर दिएको जीपका चालकले प्रहरीलाई खबर गरेपछि चालक कडँेल पक्राउ परेका हुन् । मापसे गरेको भनि चालक प्रमाणित भएकाले सार्वजनिक कसुर ऐन अनुसार कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार