मलेसियामा फेरी एक नेपालीको दुखत मृत्यु, वहाँप्रति हार्दिक समवेदना

  मूलधार सम्वादाता  400 पटक हेरिएको

मलेसिया-  मलेसियाको कोकोन फूड ईण्डष्ट्रीमा बिगत चालिस महिना देखि कार्यरत धार्चे गाउँ पालिका – २ रुञ्चेत गोरखाका कान्छा गुरुङको निधन भएको छ ।

राती आरामै सुतेका गुरुङ बिहान ड्युटी जाने समयमा नउठे पछि साथीले उठाउन खोज्दा मृत्यु भएको थाह पाएको थिए ।

 

श्रोत : सुबाश सर्गमको फेसबुकबाट

यो पनी पढ्नुहोस्

बरु गोबर सोहोर्छु, बाख्रा चराउँछु, तर विदेश मरिगए जान्न

विदेश जाँदा मसँग केही सीप थिएन । पढेको थिइन । न त गाउँघरमै केही गर्न सकिन्छ भन्ने विश्वास नै थियो । सबैजनाले विदेशबाट कमाएर फर्किएको देखेँ । राम्रो लुगा लगाएको देखेँ । सँगैका साथीले कमाउँछन भने मैले चाहिँ कसो नकमाउँला र जस्तो लाग्यो ।

२०६० असार २५ गते कतार गएँ । कतार उड्नका लागि ८० हजार रुपैयाँ ऋण काढ्नु पर्‍यो । प्लम्बरको हेल्परको काम हो भनेका थिए । मामाको छोराले पठाएकाले मलाई शंका पनि लागेन ।

घर परिवार छाडेर कमाउँला भनेर गएको तर के आफूले सोचेजस्तो हुन्थ्यो । हेल्पर हैन लेवरको काम पर्‍याे। लेवरको काम पनि साह्रै दुःख । १० तला माथि सिमेन्ट बोक्नु पर्ने । दिनभरी सिमेन्ट बोक्दा ढाडका छाला गएका हुन्थे ।

भोलिपल्ट काममा जाँदा भतभती पोल्थ्यो । १७ घण्टा खट्दा कमाई भने जम्मा ४५९ रियाल थियो । खानका लागि चाहिँ १५० रियाल छुट्टै दिन्थ्यो । महिनाभरी खानका लागि २ सय रियाल लाग्थ्यो ।

भाषा नजान्दा काम पनि उस्तै गाह्रो भयो । अरबी मिस्त्री हुँदा त भनेकै नबुझिने । उनीहरुले एक थोक माग्दा रैछन मैले नबुझेर अर्कै थोक लैजान्थें । यस्तो त कतिभयो कति । अनि गाली गर्थे । बेलुका कोठामा गएर भाषा जान्ने साथीहरुसँग नसुती नसुती भाषा सिकेँ। काम गरेको १५ महिना पछि बल्ल मैले लिफ्ट अपरेटरको काम पाएँ ।

काम अर्कै भएपनि, गएको जति समय भएपनि तलब बढेन । खट्नुपर्ने उस्तै । मैले त घर पठाइदियोस् भनेर काम गर्न पनि अल्छि गर्थे । १५ दिन त काममा नगई सुतँे । त्यती गर्दा पनि अस्पताल लग्यो तर घर पठाएन ।

२ वर्ष बित्यो तर जानेबेलामा काढेको ८० हजार रुपैयाँ ऋण पनि तिर्न सकिन त्यसपछि फर्किएँ । घरमा आएर १ वर्ष बसे । कतार पठाउने मामाको छोराले नै मलेसिया फ्रिमा पठाउने बताए । भिसा पनि लाग्यो । सुपरमार्केटमा क्लिनरको काममा भनेका थिए । तर काम चाहिँ क्लिनरको गर्न परेन । क्यासियरको काम पाएँ ।

काम गाह्रो भएन । घर फर्कने बेलासम्ममा मैले १२ सय रिंगिटसम्म थापे । मलेसियाको कमाइले कतार जाँदाको ऋण तिरे । चार पाँच कठ्ठा खेत पनि किनेँ । ३ वर्ष बित्यो त्यसपछि म घर फर्किएँ । विदेशको दुःख बुझे, घरको सुख पनि अनुभव गरे ।

घर फर्किएपछि १ वर्ष कुखुरापालन गरे । तर त्यती धेरै फस्टाएन । अहिले किराना पसल छ । ट्याक्टर पनि छ । आफैं लागेर काम गरिरहेको छु । पसलबाट र ट्याक्टरबाट जम्माजम्मी ५० हजार रुपैयाँ कमाउँछु ।

विदेशमा हुँदा महिनाको २० हजार भन्दा कहिले बचेन । अहिले घरपरिवारको साथमा बसेर दोब्बर कमाइरहेको छु । यसको अलव सुरक्षित आप्रवासन परियोजना (सामी)मा पनि रिटर्नी भोलेन्टियरको काम गरिरहेको छु ।

घरको ढिडो खाएर काम गर्दा मलाई नाम र दाम दुवै मिल्यो । तर विदेशमा त जति गरेपनि नहुने । जिउँदै घर फर्किइन्छ कि फर्किइन्न भन्ने डर मात्र । यो दुःख सम्झदा त केही गर्न सकिन भने बरु गोबर सोहोर्छु । बाख्रा चराउँछु । तर विदेश जान्न ।

रिटर्नी भोलेन्टियर रुद्रबहादुर बुढाथोकीसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।

श्रोत उज्यालो अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार