फेरी यात्रु बहाक जीप दुर्घटना, ५ जनाको मृत्यु

  मूलधार प‌ाेष्ट  1020 पटक हेरिएको

धादिङ-जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर-६, बाझगाउँमा यात्रु बाेकेकाे जीप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या ५ पुगेकाे छ । दुर्घटनामा घाइते भएकामध्ये गल्छी गाउँपालिका-४ की २१ वर्षीया सबिता अधिकारीकाे उपचारका लागि काठमाण्डाै लैजाँदै गर्दा बाटाेमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । दुर्घटनामा गल्छी गाउँपालिका वडा नम्बर-४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा नम्बर-६ की ३० वर्षीया कान्छी भुजेल र २५ वर्षीया नानु तामाङकाे घटनास्थलमै ज्यान गएकाे थियाे ।

प्रहरीका अनुसार स्थानीय कार्कीडाँडाबाट खचाखच यात्रु र तरकारी हालेर बैरैनी बजारतिर आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप शुक्रबार १२ बजे कच्ची सडकबाट पल्टिएर दुर्घटना भएकाे थियाे। दुुर्घटनामा घाइते हुनेहरुमा धादिङ, गल्छी गाउँपालिका-४ का ६२ वर्षीय बिष्णु अधिकारी,धादिङ, गल्छी गाउँपालिका-४ की ३५ वर्षीया सुनिता मिजार,धादिङ, गल्छी गाउँपालिका-४ की २३ वर्षीया सुजिता अधिकारी
घाइते भएका छन् ।

त्यस्तै धादिङ जिल्ला गल्छी गाउँपालिका-४ का १५ वर्षीय सन्तोष रम्तेल,गल्छी गाउँपालिका-४ का ७० वर्षीय कृष्ण सार्की,धादिङ, गल्छी उँपालिका-४ की २८ वर्षीया रेनु भण्डारी, धादिङ, गल्छी गाउँपालिका-४ का ३५ वर्षीय राम कृष्ण प्याकुरेल,धादिङ, गल्छी गाउँपालिका-४ की २६ वर्षीया शुष्मा लामा,नाम, ठेगाना नखुलेका २ पुरुष समेत रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार