यीनै वडा अध्यक्ष हुन जसले प्रदेश मन्त्रीलाइ कुट्ने भन्दै फेसवुकमा लेखे

  पत्रपत्रिका खबर  445 पटक हेरिएको

कैलाली-धनगढी उप–महानगरपालिकाका एक जना वडा अध्यक्षले प्रदेशका मन्त्री र मन्त्रालयमा कार्यरत स्वकिय सचिवालयका कर्मचारीलाई धम्की दिएका छन्। उप–महानगरपालिकाको वडा नम्वर ३ का अध्यक्ष बलवहादुर ऐरले सामाजिक सञ्जाल फेसवुक मार्फत नै मन्त्री र मन्त्रालयका स्वकिय सचिवालयका कर्मचारीलाई धम्की दिएका हुन्। उनले प्रदेशका मन्त्री र स्वकिय सचिवालयका कर्मचारीमाथि केहि दिनमा कुटपिट हुने भन्दै धम्की दिएका हुन्। प्रदेश ७ मा सरकार नेकपाको छ भने वडा अध्यक्ष ऐर पनि नेकपाकै स्थानीय नेता हुन्।

यसअघि राजधानी गोदावरीको जंगलमा तोकिएपछि धनगढी उप–महानगरपालिकाका मेयर नृपवहादुर वडले पनि प्रदेशका सासंदहरुलाई धनगढी छोड्न धम्की दिएका थिए। त्यस्का विरुद्ध प्रदेशका सासंदले मेयर वड विरुद्ध उजुरी हालेका छन्। दिनेश खबरबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार