यौन जीवनले मानिसको रोग प्रतिरोधी क्षमता सक्रिय हुन्छ

  एजेन्सी  395 पटक हेरिएको

रोग प्रतिरोधी क्षमता जति राम्रो भयो, उति नै हाम्रो शरीर निरोगी हुन्छ । यस अर्थमा सबैको इच्छा र चाहना आफ्नो रोगप्रतिरोधी क्षमता राम्रो होस् भन्ने नै हुन्छ । यसे मेसोमा विभिन्न वैज्ञानिक अध्ययनहरुले के देखाएको छ भने सक्रिय यौन जीवन बिताइरहेको मानिसहरुको रोगप्रतिरोधी क्षमता राम्रो हुने गर्छ । 5अध्ययनले देखाएअनुसार आधा घण्टाको सक्रिय यौनक्रियाले एउटा व्यक्तिमा २०० क्यालोरीसम्म उर्जा खर्च हुने गर्छ । जसको फलस्वरुप, उनीहरुमा हृदयघात हुने सम्भावना कम भएर जान्छ । वास्तवमा, यौन क्रियाकलापको दौरानमा शरीरमा इन्ड्रोफिन हर्मोन निस्काशित हुन्छ । यो हर्मोनले मानिसलाई शान्त रहन र राम्ररी सुत्न समेत मद्दत गर्छ । फलतः हाम्रो शरीर स्वतः स्वस्थ रहन पाउँछ ।

ती अध्यनहरुले देखाए अनुसार हप्ताको एकाध पटक सक्रिय यौन जीवन बिताउने मानिसहरुको रोगप्रतिरोधी क्षमतामा राम्ररी अभिबृद्धि हुने गर्छ । कतिसम्म भने, त्यस किसिमको यौन सक्रियताले पुरुषको मुटु स्वस्थ रहने र तिनमा हृदयघात हुने सम्भावना ५० प्रतिशत नै घटेर जान्छ । नियमित यौनक्रियाकलापले महिलाको गर्भाशय स्वस्थ रहन तथा महिनावारीको बेला हुने पीडा, बाथ तथा अन्य सामान्य दुखाइहरुलाई समेत कम गर्न मद्दत पुग्ने अध्ययनहरुले देखाएको छ ।

इटालीकी एक युवतीको शरीरबाट निस्कन्छ पसिनाको साटो रगत : किन होला ?
व्यायाम गर्दा वा शारीरि मिहिनेत गर्दा शरीरबाट पसिना निस्किनु स्वभाविक हो । तर इटालीकी २१ वर्षीया एक युवतीको शरीरबाट व्यायाम गर्दा पसिनाको साटो रगत निस्किन्छ । उनको टाउकोदेखि हत्केलासम्मका भागबाट रगत निस्कने गरेको छ ।ती युवती अनौठो समस्याबाट ग्रसित छिन्, जसको कारण पत्ता लगाउन डाक्टरहरु पनि असमर्थ छन् ।

कुनै पनि शारीरिक मिहिनेत गर्दा उनको जिउबाट रगत निस्किन्छ ती युवतीको समस्यालाई ब्लड स्वेटिङ अर्थात् रक्त पसिना भनिन्छ । उक्त रोग भएका मानिसको शरीरबाट पसिनाको साटो रगत निस्किन्छ ।ती युवतीको अहिले उपचार भइरहेको बताइएको छ ।

सबैलाई चकित पार्दै सामान्य किसानले बनाए रुख चढ्ने बाइक । सामान्यतया रुखमा बाँदर सजिलै चढ्न सक्छ । सुरिलो रुखमा चढ्न मानिसलाई समेत कठिन हुन्छ । तर, भारतमा एकजना किसानले रुखमा चढ्ने साइकल बनाएका छन् ।

भारतको कर्नाटक राज्यका एक किसानले सजिलोसँग रुख चढ्न सकिने साइकल बनाएका छन् । साइकल आकारको यो मेसिनको सहयोगमा जुनसुकै उचाइको रुख सजिलै चढ्न सकिन्छ । कर्नाटकको सजिमामूडा नामक गाउँमा बस्ने गणपति भट्ट नामका किसानले यस्तो साइकल निर्माण गरेका हुन् । यो मेसिन रुखको फेदमा जडान गरेर त्यसमा रहेको सिटमा बसिसकेपछि त्यसलाई चलाएर रुखको टुप्पासम्म पुग्न सकिन्छ । यो निकै सजिलो र उपयोगी आविष्कार भएको उनको दाबी छ । यो साइकलमा ६० देखि ८० किलो वजन भएका मानिस चढ्न सक्छन् । पेट्रोलबाट चल्ने यो मेसिनको सुरक्षा तथा सावधानीको उचित व्यवस्था मिलाइएको छ ।

किसानहरुलाई नरिवल, सुपारीजस्ता सुरिला रुख चढ्न निकै अप्ठेरो पर्ने भएको हुँदा त्यस्ता रुखहरुमा चढ्नका लागि किसानहरुको पहिलो रोजाइमा यो साइकल पर्ने विश्वास उनको छ । यो सँगै यस कुरालाई लिएर भारतका चर्चित व्यवसायी महिन्द्रा एंड महिन्द्रा ग्रुपका प्रमुख आनंद महिन्द्राले कर्नाटकका किसान गणपति भट्‌टको बाइक खोजको तारिफ गरेका छन् । यस बाइकको मद्धतले नरिवल, सुपारी लगायतका रुपमा केही सेकेन्डमा चढ्न सकिन्छ ।

आनन्दले ट्वीट गर्दै भने, ‘यो वास्तवमा एक अद्धभुत छ । यो बाइक राम्रो र प्रभावकारी मात्रै छैन । यसको डिजाइन झन आर्कषक देखिन्छ ।’ महिन्द्राले आफ्ना एक कर्मचारीलाई मेन्सन गर्दै यसका बारेमा बुझ्न र अपडेट गरेर बजारमा पठाउन पनि अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार