सुत्नेसमयमा भोली असार ६ गतेको राशिअनुसारको प्रत्यकको भाग्यफल

  भोलीको राशिफल  1146 पटक हेरिएको

सुरुमा एक समय स्वामी विवेकानन्द अमेरिका भ्रमणमा थिए । अमेरिकाका विभिन्न स्थानमा उनको प्रवचन चलिरहेको थियो । त्यहाँ उनी एक महिलाको घरमा अतिथिका रूपमा बसेका थिए । उनी आफ्ना लागि आफैँ खाना बनाउँथे । एक दिन प्रवचन र लामो यात्राबाट थकित भएर विवेकानन्द निवास फर्किए । निवासमा फर्केपछि हातमुख धोएर फ्रेस भइसकेपछि उनले रोटी, तरकारी तयार गरे । उनी जहिल्यै केही बढी नै रोटी तरकारी तयार गर्थे । उनको निवासमा भोका केटाकेटी आइरहन्थे । उनी तिनलाई खुवाउन पाउँदा निकै आनन्दित हुन्थे । त्यस दिन पनि उनको रोटी तरकारी तयार हुँदा–नहुँदै कताकताबाट केटाकेटीको झुन्ड आइपुग्यो । उनी ती केटाकेटीलाई रोटी तरकारी खुवाउन थाले । त्यो दिन अलि बढी नै केटाकेटी आएका थिए । त्यसैले, उनले तिनलाई खुवाउँदा–खुवाउँदै सबै रोटी र तरकारी सकियो । उनले केटाकेटीलाई रोटी तरकारी खुवाएको दृश्य उनकी घरधनी महिलाले हेरिरहेकी थिइन् । केटाकेटी गइसकेपछि उनले सोधिन्– स्वामीजी, तपाईंले दुःखले तयार गरेको सबै रोटी, तरकारी त केटाकेटीले खाइदिए । अब तपाईं के खाएर आफ्नो पेट भर्नुहुन्छ ? घरधनीको प्रश्न सुनेपछि मुसुक्क हाँस्दै विवेकानन्दले भने– माता, रोटी त पेटको ज्वाला शान्त पार्ने वस्तु न हो । के फरक प-यो त ? आखिर यो पेटको ज्वाला शान्त पार्न नपाए पनि मैले तयार गरेको रोटी, तरकारीले ती ससाना बालबालिकाको पेटको ज्वाला त शान्त पा¥यो नि ! आखिर लिनुमा भन्दा त दिनुमै बढ्ता आनन्द हुन्छ नि, होइन र ?

भोली मिति २०७६ साल असार महिनाको ६ गते शुक्रबार अ‌ग्रेजी पात्रोअनुसार ः२०१९ जुन महिनाको २१ तारिख भोली चाैथी तिथि रहेको छ । मेष -गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

बृष-धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ।

मिथुन-प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । कर्कट -प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

सिंह-काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । परदेश वा दूरदराजका क्षेत्रबाट लाभ लिन सकिने छ । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सचेत हुनुपर्छ । अनावश्यक दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । कन्या – सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

तुला– प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । बृश्चिक– पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।

धनु– विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । मकर –हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । मानसम्मानमा आघात पुग्न सक्छ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन् । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला । सहयोगीहरू कमै भेटिनेछन् ।

कुम्भ– मनमा भय र त्रासको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ । ऋणसापटीमा रकम लगानी गर्नु भनेको खर्च गरे जत्तिकै हुनेछ । पतिपतगबिीचको दूरी बढ्ने योग छ । अन्तै अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । आश्वासन दिनेहरूबाट धोका पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । पापमतिको उदय हुनेछ । मीन– श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ । र अन्तमा हामिले तपाइलाइ भन्नैपर्छ धर्म भनेको अनुशासनको दायरामा ल्याउने र मनलाइ खुसी पार्ने काम गर्छ र हाम्रो गास बास र कपासको लागि परिश्रम अनिवार्य रहेको छ । त्यसैले समयको ख्याल अनिवार्य सबैले पालना गर्नुहोला र आफ्नो निरन्तर काम गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार