हेलिकप्टर मार्फत सुत्केरीको उद्धार (तस्विर सहित)

  मूलधार पोष्ट  273 पटक हेरिएको

बाजुरा-हेलिकप्टर मार्फत सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको स्वार्मिकार्तिक गाउँपालिका वडा नं १ मुक्तीकोटकी २२ वर्षिया रजनी वि.कलाई सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सुत्केरी हुन नसकेपछी वि.कलाई नेपालगञ्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले जानकारी दिनुभएको छ ।

वि.कको सुत्केरी हुन एक महिना बाँकी रहेको भए पनी उनलाई अहिलेनै जटिल समस्या सृजना भएका कारण भेरीअञ्चल अस्पतालमा उपचारको लागि रिफर गरिएको साप्पाटा स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्र एमले जानकारी दिनुभएको छ । जिल्लामा उपचार हुन नसक्दा उनलाई सामाजिक बिकास मन्त्रालय संग समन्वय गरि हेलिकप्टर मार्फत नेपालगंज लगिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहको भनाई रहेको छ ।

जिल्लाबाट जटील केश भएको खवर पाए लगत्तै सामाजिक बिकास मन्त्रालयको पहलमा हेलीकप्टर पठाएर महिलाको उद्धार गरिएको सामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवरले जानकारी दिनुभएको छ । गर्भवती वि.कको मुखबाट ¥याल आउन,े पेट दुख्ने टाउको दुख्ने लगायत बिभिन्न समस्याका कारण जिल्लामा उपचार सम्भव नभएकोले तत्काल उद्दारका लागि पहल गरिएको कुवरले बताउनुभयो ।  गाउँपालिकामा गरिवी र अशिक्षाका कारण यस्ता रोगका कारण समस्या हुने गरेको स्वामीकार्तिक खापर गाउपालिका अध्यक्ष चिरनजिबी शाहीले बताउनुभयो ।

आफ्नो गाउँपालिकामा यस्ता बिरामीहरु धेरै भेटिने गरेको अध्यक्ष शाहीको भनाई रहेको छ । सामाजिक बिकास मन्त्रालयको सहयोग यसअघी बाजुरामा हिमाली गाउँपालिका– १, खप्तड छेडेदह गाउँपालिका– १, बुढीनन्दा नगरपालिका –२ र स्वामिकाक्तिक गाउँपालिका– १ विभिन्न विरामी भएका महिला तथा सुत्केरी महिलाको उद्धार गरिसको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । केहि तस्विर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार