जीव दुर्घटना : असार १५ सम्म सार्वजनिक विदा

  मूलधार प‌ाेष्ट  1556 पटक हेरिएको

हुम्ला-खार्पुनाथ गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा दुर्घटना भएको लु १ ज ७१६६ नम्बरको जीपमा परी बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही लगायत ११ जनाको शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ सम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

दुर्घटनामा बेपत्ता भएके यात्रु र जीपको कुनै पत्ता नलागेपछि बुधबार अपरान्ह बसेको खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाको आकष्मिक बैठकले उक्त निर्णय गरेको हो । कार्यपालिकाको बैठक पछि पालिका अध्यक्ष कर्ण रावल र प्रमूख कार्यकारी अधिकृत चन्द्रविर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यपालिकाको बैठकले असार १५ सम्म पालिकाले कुनैपनि औपचारिक कार्यक्रम गर्नेछैन् गाउँपालिका अध्यक्ष कर्ण रावलले भने, जीप दुर्घटनामा परी बेपत्ता भएका उपाध्यक्ष सिन्धु हमाल शाही सहितका १० जनाकै घर परिवारलाई क्रिया खर्चको लागी गाउँपालीकाले १० हजार रुपैया दिने निर्णय गरेका छौं ।”

जीप दुर्घटना भएको १० मिनेटमै खोजि कार्यमा संलग्न भएको बताएका अध्यक्ष रावलले कर्णालीको बहाव बढेका कारण खोजि कार्यले सफलता नपाएको प्रचितक्रिया दिए । उनका अनुशार बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले शोक प्रस्ताव पारित गर्दै असार १५ गतेसम्म पालिका भित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय समेत गरेको छ ।

यो पनि :

खार्पुनाथ गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपलाई कुरिनटारबाट आएको गोताखोरको टोलीले पनि भेटाएको छैन् । मंगलबार मध्यन्न साढे १२ बजे दुर्घटना भई कर्णालीमा बेपत्ता भएको जीपको खोजि कार्यका लागि गृहमन्त्रालयको पहलमा कुरिनटारबाट ल्याएको १० सदस्यीय गोताखोरको टोलीले घटनास्थलमा गई काम सूचारु गरेपनि बेपत्ता जीप र यात्रुको केही पत्तो नलागेको हो । शसस्त्र प्रहरी वल विपत व्यवस्थापन शिक्षालय कुरिनटारका प्रहरी निरिक्षक लक्ष्मण बहादुर बस्नेत नेतृत्वको दश जनाको गोताखोर टोलीले आज अपरान्ह साढे १ बजेदेखि नदीमा गएर खोज्ने काम गरेपनि अँझै नभेटिएको हो ।

काठमाडौंबाट कुरिनटारबाट सुर्खेत हुँदै नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट घटनास्थल पुगेको गोताखोर टोलीले अनेकन पटक प्रयास गर्दापनि नदीमा बेपत्ता जीप र यात्रु नभेटिएपछि जिल्लावसीलाई थप निराश बनाएको छ । दुई दिनसम्म घटनास्थल वरपर खोजी कार्यमा संलग्न जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र आफन्तले गरेको अपेक्षा अनुशार गोताखोर टोलीले खोजि कार्यमा सफलता प्राप्त गर्न नसकेपछि बेपत्ता गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही लगायत ११ जना बेपत्ता यात्रु भेटाउने जिल्लावासीको आशा निराशामा परिणत भएको खार्पुनथा ५ का वडाअध्यक्ष समेत रहेका खार्पुनथाका प्रवक्त भिमराज शाहीले जानकारी दिए ।

“अपरान्ह साढे १ बजेदेखि गोताखोरको टोलीको खोजिकार्यले पनि हामीलाई उपाध्यक्ष सहितका बेपत्तालाई भेटाउने आकांक्षा विफल भएको छ ।” वडाअध्यक्ष शाहीले भने । पानीको बहाबले खोजि कार्यमा समस्या-कर्णाली नदीको पानीको बहाव निकै बढेका कारण बेपत्ता जीप र यात्रुको खोजि कार्य सफल हुन नसकेको गोताखोर टोलीले जनाएको छ । “कर्णालीको पानी निकै जोडतोडले आएको छ । त्यसले नदीमा खोज्न गएको गोताखोरलाई पनि एकै स्थानमा टिक्न दिएको छैन्” गोताखोर टोलीका प्रमूख समेत रहेका सशस्त्र प्रहरी निरिक्षक लक्ष्मणाबहादुर बस्नेतले भने, “शुरुको हाम्रो खोजि कार्य सफल नभएपनि हामी निरन्तर रुपमा लागि परेका छौं ।” दुर्घटना भएको क्षेत्रबाट कर्णाली नदीमा बेपत्ता जीपको खोजि गर्न शुरु गरेको बताएका वस्नेतले आफ्नो टोली खोजि कार्यबाट निराश नभएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार