३७० दिनको कठोर सङ्घर्ष पछि आफ्नै खुट्टाले हिडन थाले ‘कृष्ण वली’ (भिडियो सहित)

  मूलधार पोष्ट  212 पटक हेरिएको

काठमाडाैं-यतिबेला रुपा मगर र कृष्ण ओलीको बैबाहिक जिबनले २ बर्ष पार गरेको छ । त्यहि बर्षगांठको उपलक्ष्यमा शिशिर भण्डारीले कृष्ण र रुपाको कारण आफु पनि भाग्यमानी भएको बताए । बिहेको दिनकै भोलीपल्ट कृष्णको २ हात र १ खुट्टा काटियो । अनि रुपालाई आफन्तले अर्कैसँग बिहे गरेर जा भने तर हात खुट्टा गुमाएका कृष्णलाई एक्लै छोडेर रुपा कतै जान सकिनन् । बरु कृष्णसंगै जिउने र मर्ने रुपाले कसम खाईन ।

त्यसपछिको उनीहरुको कठिन जिबन संघर्षले नयाँ मोड लियो । फलस्वरुप आज कृष्णले हातखुट्टा पाए । ३७० दिनको कठोर संघर्ष र रुपाको प्रगाढ माया भित्र विश्वभर रहेका मनकारी सहयोगी दाताहरुको कारण आज कृष्णले नयाँ हात र खुट्टा पाएका छन् । ३७० दिनको कठोर सङ्घर्ष पछि कृष्ण ओली आफ्नै खुट्टाले हिडन थालेका छन् । दुख र पिडाको बिचको उनीहरुको जिबनले नयाँ मोड लिनुमा संचारकर्मी तथा कलाकार शिशिर योगीलाई श्रेय जान्छ । सायद यो घटना उनले बाहिर ल्याउदैनथे भने कृष्णले नयाँ हात र खुट्टा पाउने थिएनन होला ।

रुपा र कृष्णको बैबाहिक जिबनले २ बर्ष पुरा भएको एनिभर्सरीको दिन शिशिर भण्डारीले भने, ‘म भाग्यमानी थिएँ , जस्ले यो समयका मुना र मदन जस्तै जोडीको कथा बाहिर ल्याउन पाएँ । मैले जीवनमा केहि गरें जस्तो लाग्यो, तिमीहरुको दुखको सारथी बन्न पाएँ । हामीले त हौसला दिने मात्रै हो, जीवनका कठिन र सरल बाटोहरु तिमीहरुले नै हिड्नु छ । यो माया, साथ र बिश्वास कहिल्यै नटुटोस भाई कृष्ण र बहिनी रुपा । तिमीहरुको बैवाहिक जीवन २ बर्ष पुरा भएकोमा मुरी मुरी शुभकामना ।’भिडियो सहित ।

छुटाउनुभएको छ कि : शहरमा अहिले नाटकको रंग चढ्न थालेको छ । सिनेमा घर सुस्ताउँदै गर्दै रंगमञ्चमा भने बहार छाउँदै छ ।
करिब आधा दर्जन नाटकघरले केही समययता विश्राम पाएका छैनन् । एकपछि अर्को नाटकको शृंखला जारी छ । यसैबीच ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सुरु हुँदैछ, आगामी सोमबारदेखि ।

अहिले भने लागौं, सर्वनामतर्फ । कालिकास्थानस्थित यस नाटकघरमा ‘रुपाकृ’ मञ्चन भइरहेको छ । नाटक कस्तो छ ? प्रस्तुती, कथावाचन, अभिनय कति रसिक छ ? यावत् उत्सुकता मेट्नुअघि नाटकको पृष्टभूमी बुझौं । संभवत नपाउँदै कृष्ण वली जीवन–मरणको दोसाँधमा पुगे, विद्युतीय झट्का लागेर । अनेक उपचारपछि उनको प्राण जोगियो । तर, दुई हात र एउटा खुट्टा जोगिएन । उनी शारीरिक रुपले अशक्त भए । यहि मोडमा आइपुगेपछि हो, रुपा र कृष्णवीचको स्वच्छ माया–प्रेम दुनियासामू पुगेको । अशक्त श्रीमानप्रति रुपाको त्याग र समर्पण वास्तवमै अनुकरणीय थियो । उनीहरुको प्रेम–गाथा सर्वत्र फैलियो । अन्ततः देश–विदेशका मनकारी नेपालीले कृष्ण र रुपाको अनुहारमा खुसी देख्न चाहे । उनीहरुले स्वतस्फूर्त आर्थिक सहयोग जुटाइदिए । अहिले यो जोडीको अनुहारमा मुस्कान पर्किएको छ । कृष्ण कृत्रिम हात खुट्टाको सहारामा जीवन बाँच्ने आशामा छन् ।

हो, यही कथालाई दुरुस्त उतारिएको छ, रंगमञ्चमा । अत्यन्तै कलात्मक शैलीमा । नाटक हेरिरहँदा कुनै धमाकेदार लभस्टोरी फिल्म हेरिरहेको अनुभूति हुन्छ ।हो, नाटकलाई केही फिल्मी लेपन दिइएको छ । संभवत रुपा र कृष्ण दुबै फिल्मका सौखिन भएर हुनसक्छ । वा उनीहरुको चिनापर्ची फिल्मको छायांकन हेर्ने क्रममा भएर पनि हुनसक्छ । र, त्यो भन्दा पनि बढी संभावना चाहि, नविन अवाल जोडिएर हुनसक्छ । नविन अवाल । खासमा उनले अहिलेसम्म एउटा चलचित्र निर्देशन गरेका छन्, बिजुली मेसिन । तर, यही फिल्मले उनलाई अब्बल निर्देशक भनी चिनाएको छ । नविन यही नाटकमार्फत रंगमञ्च छिरेका छन् । नाटकको स्क्रिप्टदेखि प्रस्तुतीसम्ममा उनको खास हस्तक्षेप देखिन्छ । नाटकको निर्देशक चाहिँ रेनुका कार्की हुन् । नविन प्रस्तुतकर्ता । दुबैको सराबरी मेहनत देखिन्छ, रुपाकृमा ।रुपाकृको सेरोफेरो :नाटक त्यही विन्दुबाट सुरु हुन्छ, जहाँ कृष्ण र रुपाको देखभेट भयो । कथा उनीहरुको प्रेम–रोमान्स हुँदै अगाडि बढ्छ । दुबैको विवाह हुन्छ । वैवाहिक जीवन हासीखुसी वितेको छ । भनिन्छ नि, हासो–खुसी जीवनका क्षणिक पाहुना हुन् । सधै रहँदैन । रुपा–कृष्णको खुसीको आयु पनि लामो समय टिक्दैन । विवाह गरेको केही समय बित्न नपाई नीहरु दुःखद मोडमा पुग्छन् । तर, दुःख पनि त सधै रहँदैन नि ।

सवल पक्ष: कृष्ण र रुपाको नाट्य रुपान्तरण घतलाग्दो छ । हुन त यो एक सपाट प्रेमकथा हो । तर, यसलाई निकै बान्की मिलाएर प्रस्तुत गरिएको छ । रुपा र कृष्ण भेट भएको, माया प्रेम बसेको, विहे गरेको, नोकझोंक गरेको, दुर्घटना भएको, फेरि प्रेममय जीवनमा फर्किएको । यी सबै दृश्यलाई फिल्मको पर्दामा झै देख्न सकिन्छ । कहिले भावुक बनाउँछ, कहिले रोमान्टिक । मनलाई स्थिर हुन दिँदैन । मूल पात्र कृष्ण र रुपा हुन् । कथा पनि उनीहरुको जीवनभन्दा बाहिर छैन । तर, दुई पात्रलाई मात्र उभ्याउँदा त्यति रोमान्चक नहुन सक्थ्यो, जति पृष्ठभूमिमा पात्रहरु पेश गरिएको छ । रुपाको भूमिकामा सुनिशा बजगाई र कृष्णको भूमिकामा सुदिपजंग कार्कीको अभिनय औसत छ । कतिपय ठाउँमा अलि नाटकीय लाग्छ । यो प्रेमिल नाटकलाई प्राण दिने अर्को तत्व भनेको पाश्र्व ध्वनी हो । उत्सव बुढाथोकीले पाश्र्व ध्वनीमा एकदम मेहनत गरेका छन् । प्रकाश परिकल्पना सुनिल पोख्रेलको हो । प्रकाश परिचालन कृष्ण खड्काले गरेका हुन् । खासमा रंगमञ्चमा कथा, पात्र, अभिनय, प्रस्तुतीले जति महत्व राख्छ, त्यसलाई अरु जोडदार बनाउने काम ध्वनी र प्रकाशले गर्छ । नाटक ‘रुपाकृ’ को प्रकाश संयोजन ध्वनी जस्तो जोडदार छैन ।

कमजोर पक्ष : नाटकले चल्तीको कथा उठान गरेको छ । ‘भाइरल’ भइसकेको कथालाई नाट्य रुपान्तरण गरेको छ, त्यसैले आयतित कथा नभए पनि यो दमदार भने होइन । यसैले कथाको रहस्यले दर्शकलाई बाँधेर राख्दैन । रुपाकृको चुनौती पनि यही हो । नाटक सुरु भएपछि त्यसपछिका घटनाक्रम कसरी आउँछ, जान्छ सबै दर्शकलाई पहिल्यै थाहा हुन्छ । यद्यपि नाटकलाई कथाले मात्र पनि डोहो¥याउने होइन, त्यसको शिल्पले बाँध्ने हो । यस हिसाबले चाहि नाटक ‘रुपाकृ’ हेर्नलायक छ । नाटक–रुपाकृ निर्देशक–रेनुका राई : कलाकार– सुनिशा बजगाई, सुदिपजंग कार्की, सुमन कुईकेल, लकेश राई, मयराम ढकाल, सन्जु क्षेत्री, विपुल थापा मगर, रनिव जोशी, परि शाक्य ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार