फिल्म हलमा जे देखियो !

  एजेन्सी  793 पटक हेरिएको

एजेन्सी-पछिल्लो समय युवायुवतीहरुको यौनसम्पर्क राख्ने गन्तव्य सिनेमाघर बन्न थालेको छ । शनिबार प्रहरीले राजधानीका विभिन्न हलहरुबाट २३ जनालाई आपत्तिजनक अवस्था रंगेहात समातेपछि यस्तो रहस्य बाहिर आएको हो । घटना भारतको राजधानी नयाँदिल्लीको हो । दिल्लीको शंकर सिनेमा हलमा चलिरहेको फिल्म ‘अल इज वेल’ हेर्न आएका दर्शकमध्ये २३ जनालाई सिविल ड्रेसमा हलमा पुगेको प्रहरीले उनीहरुलाई आपत्तिजनक स्थितीमा पक्राउ गरेको हो ।

पक्राउ परेका युवायुवती हलमै शारीरिक सम्बन्ध राख्ने तयारी थिए, त्यही क्रममा प्रहरीले समातेको हो । पक्राउ परेकामध्ये १३ पुरुष र १० महिला रहेका छन् । अन्य केही महिलाहरु भने प्रहरीले समात्न खोज्दा भागेका थिए । प्रहरीले सबैलाई पक्राउ गरेर चौकीमा ल्याएर परिवारलाई खबर पठाएको छ । एएसपी भास्कर मुखर्जीका अनुसार पछिल्लो समय राजधानी तथा अन्य सहरहरुमा फिल्म हेर्ने बहानामा युवायुवतीहरु हलमै शारीरिक सम्पर्क राख्न जाने गरेका छन् । परिवारको सहमतिमा उनीहरुलाई पहिलो पटक सम्झाई बुझाई गरी जमानतमा छाडिने एएसपी मुखर्जीले बताए ।

छुटाउनुभयो कि ? म्यानपावर व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियासँग श्रम समझदारी भएको ८ महिना वितिसक्दा पनि कामदार पठाउन श्रम मन्त्रालयले रोकेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले असार १२ गतेभित्र मलेसियामा कामदार पठाउन सुचारु नगरे आन्दोलनमा उत्रने घोषणा गरेको छ। असार १२ गतेभित्र श्रम स्वीकृति सुचारु नगरेको खण्डमा असार १३ गते वैदेशिक रोजगार विभागमा धर्ना दिइने संघका अध्यक्ष रोहन गुरुङले बताए। ‘मलेसिया खोल्ने भए खोलिहाल्नु पर्यो, श्रम समझदारी गरेका ८ महिनासम्म किन खोलिएन, यहाँ क-कसको स्वार्थ लुकेको छ, समिक्षा होस्,’ गुरुङले सेतोपाटीसँग भने। ‘नखोल्ने भए सदाका लागि बन्द गर्ने घोषणा सरकारले गरोस्’ गुरुङले थपे ।

गत कात्तिक १२ गते नेपाल सरकार र मलेसियाबीच श्रम सम्झौता भएको थियो। तर त्यो कार्यान्वयनमा आउन सकेको छैन्।
मलेसिया जानका लागि भिएलन लगायतका संस्था हटाउन लागि परेको श्रम मन्त्रालय नसकेपछि पछिल्लो समय स्वास्थ्य संस्था छनौटका नाममा मलेसिया खोल्न नसकिएको बताउँदै आएको छ। मलेसियाले भिएलन लगायतका संस्था परिवर्तन गर्न नसकिने अडान राखेपछि श्रम मन्त्री गोकर्ण विष्ट पछाडि हटेका छन् । असार १२ गतेदेखि मलेसिया रोजगारी नखुले बृहत भेला बोलाएर म्यानपावर व्यवसायीहरुले मन्त्री विष्टको राजीनामा माग्ने तयारी गरेका छन् । म्यानपावर संघका अध्यक्ष गुरुङ नेकपाकै नेता हुन् ।-सेतोपाटी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार