‘तिम्लाई खुसी अन्तै मिल्छ भने’ ल्याएर बजारमा आइइन् रीतु (भिडियो सहित)

  मूलधार पोष्ट  106 पटक हेरिएको

बाजुरा-रिता शाही (शाह)रीतुको पहिलो लोकदोहोरी गीत ‘जाउ जाउ सानू खुसी तिम्लाई अन्तै मिल्छ भने’ सार्वजनिक भएको छ । साहित्यीक क्षेत्रमा आफ्नो पहिचान बनाउँदै विभिन्न क्षेत्रमा क्रियाशिल शाही पहिलो पटक लोकदोहोरी गीतबाट दर्शकमाझ आएकि हुन् । गजल, मुक्तक, फुटकर कविता र लघुकथामा कलम चलाउँदै आएकी शाहीले ‘तीतामिठा पलहरु’ नामक गजल संग्रह प्रकाशित गरिसकेकी छिन् । पहिलो पटक आफ्नै शब्द तथा स्वर गायिका शाहीलाई गीतमा नव उदायममान गायक रामचन्द्र बोहोरा साथ दिएका छन् । गीत मालाश्री रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको हो ।

विशेष फिल्म प्रालिबाट सार्वजनिक म्युजिक भिडियोमा मोडेल सोनिया थापा, चिरञ्जीवी खड्का, युवा गजलकार सुरेन्द्र शाही (गुलाब कान्छो)र रीता शाहीले अभिनय गरेका छन् । दर्जनौं म्युजिक भिडियोको छायांकन गरेका अत्यन्त व्यस्त छायाकार डिबी रौलेले भिडियोको छायांकन गरेका छन् भने म्ययुजिक भिडियो निर्देशन समेत शाहीले नै गरेकी छिन् । गितको काठमाडौंमा छायांकन गरिएको छ । राजेन्द्र बाजुरालीको लय रहेको गितको एरेन्ज समेत बाजुरालीले नै भरेका छन ।

साहित्यक क्षेत्रमा विशेष चासो राख्ने शाहीले आफू पहिलो पटक दोहोरी मार्फत दर्शक सामू आउँदा खुसी व्यक्त गरिन् । उनले आफ्नो पहिलो प्रयासमा खुसी थपिएको बताउँदै आगामी दिनमा दर्शक एवं स्रोताको माया पाउने अपेक्षा समेत गरेकी छिन् । उनले लगत्तै नयाँ गीत समेत बजारमा ल्याउने बताएकी छिन । हेर्नुहोस् भिडियो सहित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार