खानेपानीको माग गर्दै नगरपालिकामा तालाबन्दी

  मूलधार पोष्ट  221 पटक हेरिएको

बाजुरा- जिल्लाको सदरमुका मार्तडीमा  खानेपानीको माग गर्दै बडीमालिका नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । सदरमुकाम मार्तडीमा विगत दुई महिनादेखिखानेपानीको अभाव भएपछि नगरपालिकाले कुनै चासो नदिएको भन्दै नगरवासीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । बुधबार नगरबासीहरुले हातमा पानीका भाँडा वर्तनसहित बोकेर बजारमा परिक्रमा गर्दै नगरपालिकाको कार्यालय अगाडि नाराबाजी गर्दै तालाबन्दी गरेका छन् ।

खानेपानीको मुहानमा प्रयाप्त मात्रामा पानी छ तर, पाइपलाइन व्यवस्थित तरिकाले व्यवस्थापन हुन नसकेपछि सदरमुकाम मार्तडीमा खानेपानी अभाव भएको छ । नगरपालिकालाई पटक पटक खानेपानी नगरबासीलाई उपलव्ध गराउन माग गर्दा कुनै सुनुवाई नभएकोले नगरपालिकामै गएर तालाबन्दी गर्न बाध्य भएको बाध्य भएको स्थानीय मीना विकले बताइन् ।सदरमुकाममा पानीकै जोहो गर्नका लागि दैनिक एउटै धारामा घण्टौं लाइन बस्नुपर्ने स्थानीयको बाध्यता रहेको छ । मार्तडीका धारामा पानी आउन छाडेको महिनौं बित्यो ।

नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थपान गर्नका लागि १ करोड रकम खर्च गरेर ४ वटा खानेपानीका ट्याङकी निर्माण गरेको छ । तर, चार वटै ट्याङकीमा खानेपानी नआएपछि सदरमुकाममा खानेपानीको हाहाकार भएको हो । यता बडीमालिका नगरपालिकाले भने सदरमुकाम मार्तडीको खोपानी व्यवस्थापन गर्न केही महिना अझैं लाग्ने बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार