ब्रेकिङ : कर्णाली नदिमा १५ यात्रु बोकेको जीप वेपत्ता

  मूलधार प‌ाेष्ट  289 पटक हेरिएको

हुम्ला- कर्णाली नदीमा जीप खस्दा १५ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका हुँदै जिल्ला सदरमुकाम सिमकोटका लागि छुटेको जीप मंगलबार बिहान दुर्घटनामा परेको हो।

लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित यांचुमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ। हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिए।

स्थानीयका अनुसार जीपमा १५ यात्रु सवार थिए। दुर्घटनास्थल सदरमुकामबाट टाढा भएकाले उद्धार र खोजीका लागि सदरमुकामबाट प्रहरी र सेनाको टोली खटाइएको छ। यस्तै वेपत्ता जीपको खोजीका लागि दुई हेलिकोप्टरसमेत परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ। खार्पूनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार उक्त जिप हुम्लाको सिमिकोटबाट गाउँपालिका कार्यालय आउने क्रममा करिब साढे १२ बजे बाटोबाट कर्णालीमा खसेर दुर्घ टनामा परेको हो।

‘उपाध्यक्ष ज्यू, उहाँको छोरा, भाइ, चालकसहित अरु कतिजना हुनुहुन्थ्यो थाहा भएन’, अध्यक्ष रावलले भने, ‘हामी अहिले प्रमुख जिल्ला अधिकारीमार्फत गोताखोर ल्याएर उद्दार गर्ने तयारीमा छौँ।’कर्णालीमा गाडी कहाँ छ भन्ने पनि नदेखिएको उनले सुनाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार