सिधा कुरा जनतासंग को विषेश श्रृखला : झुक्याएर धर्मपुत्र बनाईएको छोराको स्पेनमा मृत्यु, पठाउने संस्थामा छिर्नै बन्देज । २४ घण्टामै चेलीको उद्धार

  मूलधार सम्वादाता  477 पटक हेरिएको

काठमाडाैं-  दलाल मार्फत भारत हुदै घरेलु कामदार को रुपमा ओमान पुगेकी नेपाली चेली निशा राई आफु दुखमा परेको र उद्दार गरिदिन न्युज २४ टेलिभिजनमा प्रशारित लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगमा आफ्नो पिडा पोखे पछि उनलाई उद्दार गर्न तत्पर रह्यो रबि लामिछाने टिम ।

ओमान स्थित नेपाली दुतावासको सहयोगमा राईको २४ घण्टा भित्र सफल उद्दार भएको छ । र यति बेला उनि नेपाल आउन सफल भएकी छिन् ।

सिधा कुरा जनतासंग मार्फत आफु ३ महिना सम्म बिरामी भएको र तलब पनि नदिएको नेपाल फर्कन पनि नदिएको र स्वास्थ्याको ख्याल नगरी जबर्जस्ति काममा लगाएको गुनासो पोखेकी थिइन ।

भनेको काम भन्दा निकै गाह्रो र धेरै काम गर्न पर्ने भएको हुनले उनले नेपाल आउन खोजे पनि कोहि कसैले सहयोग नगरेको र अन्तिम बिकल्प सिधा कुरा जनतासंग सम्पर्क गरि उद्दार गर्न आग्रह गरे पछि उनको सफल उद्दार भएको हो । हेर्नुहोस् आजको सिधा कुरा जनतासंग

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार