वडाध्यक्ष खत्रीमाथी हातपात

  शंखर पहाडी(गौरब)  204 पटक हेरिएको

शंखर पहाडी(गौरब)-बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष इश्वर खत्रीमाथी हातपात भएको छ ।
आईतबार दिउसो १२ बजे आम्दानी प्रमाणिकरणको सिफारिस लिन कार्यालय पुगेका सेवाग्राहीले आफ्नो काम नगरिदिएको भन्दै वडा अध्यक्षकै कार्यकक्षमा हातपात गरेका हुन् । यसै उपमहानगरबाट केही बर्षअघी बसाईँ सरी हेटौँडा गएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने निलम चौधरी र विवेक चौधरीले हाल कृषिबाट हुने आम्दानीको प्रमाणिकरण सिफरिस लिन वडा नम्बर चारको कार्यालय पुगेका थिए । उनिहरुले मागेको सिफारिस आफ्नो वडासँग सम्बन्धीत नभएको भन्दै नगर कार्यपालिकाको कार्यालय जितपुर जान सुझाव दिएका वडा अध्यक्षलाई अपशब्द प्रयोग गर्दै हातपात गरेको प्रतक्षदर्शिले बारा खबरलाई बताए । खत्रिमाथी हातपात गर्ने उनिहरुलाई ईलाका प्रहरी कार्यालय आफ्नो नियन्त्रणमा राखेको छ । पक्राउ परेका दुबैजना दिदिभाई रहेको खुलेको ईलाका प्रहरी कार्यालय सिमराले जानाएको छ ।

के हो घटनाको मुख्य बिषय ?
हाल जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १८ बाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर सातमा बसाईँ सरी गएका उनिहरुले गत २०७३ चैत्र २८ गते उपमहानगरका तत्कालिन कार्यकारी अधिकृत डिल्लिराज वेल्वासेको हस्ताक्षरमा कृषिबाट हुने आम्दानीको प्रमाणित सिफारिस लिएका छन् । हाल पुनः सोही प्रकृतीको अर्को सिफारिस लिन आईतबार उनिहरु औराहास्थित वडा नम्बर चारको कार्यालय पुगे । ‘उहाँहरु पहिले लिएको सिफारिसको प्रकृतीको अर्को सिफारिस माग्न करिब १२ बजे म सामु आउनुभएको थियो ।’, वडा अध्यक्ष खत्रिले बारा खबरसँग भने, ‘मैले उहाँले देखाएको सिफारिस अध्ययन गरेँ तर त्यो सिफारिस हामीसँग सम्बन्धीत रहेनछ ।’ उहाँहरुको कागजात अनुसार पहिले वडा नम्बर १८ बाट बसाईँ सरी गएको देखियो, त्यसैले मैले उपमहानगरपालिकाको कार्यालय वा वडा नम्बर १८ को कार्यालयमा जान सुझाव दिएँ ।’ वडा अध्यक्ष खत्रिले थपे ।

तर उनिहरुले आँफूहरुले पहिला सोही स्थानबाट सिफारिस लिएको दाबी गर्दै यस पटक वडा अध्यक्षले बदनियतपुर्वक सिफारिस नदिएको असय ब्यक्त गरे । आँफुले यहाँ नमिल्ने भनेपछी आक्रोशित भएका उनिहरुले आफ्नो नियतमाथी प्रश्न चिन्ह उठाउँदै होहल्ला गरेको खत्रिले बताए । अध्यक्षमाथी अपशब्द प्रयोग गर्दै होहल्ला गरेका उनिहरुलाई सरकारी कार्यालयमा संयमता अपनाउन आग्रह गर्दा निलम चौधरीले उल्टै वडा अध्यक्षमाथी हातपात गरेको कार्यालयका कर्मचारी र अन्य प्रतक्षदर्शिले बताएका छन् ।

एता ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेका चौधरी दिदिभाइले आँफूहरुले पहिलेपनि सोहि स्थानबाट आँफूहरुले सिफारिस लिएको दाबी गरेका छन् । तर उनिहरुको दाबीलाई आधार मान्न सकिने कुनै बिषय छैन । किनकी उनिहरुले सिफारिस लिएको मिती स्थानिय तहको निर्वाचन अगावैको हो । त्यतिबेला न त्यो स्थानमा कुनै वडाको कार्यालय थियो न जीतपुरसिमराको कुनै अन्य प्रशासनिक कार्यालय ।
अध्यक्षमाथी हातपातपछी प्रहरी नियन्त्रणमा रहेकी निलमले वडा अध्यक्षले आँफुसँग चर्को स्वर गरेपछी हात उठाएको बताईन् । ‘उहाँले चर्को स्वर गर्नुभयो, मलाई असह्य भयो ।’

बारा खबरसँग निलमले भनिन्, ‘उहाँमाथी मेरो हात उठिहाल्यो, त्यही मबाट गल्ति भयो ।’यता वडाध्यक्ष खत्रीले भने, स्थानिय तह निर्वाचन अघिनै सो कार्यालयबाट आँफूले सिफारिस लिएको दाबी गर्ने सेवाग्राहीको नियतमाथि नै शंका गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ‘उनिहरुको दाबी र वडा कार्यालयको सम्बन्ध कतैपनी मिल्दैन, त्यसमाथी ति युवतिको प्रंस्तुती नै अराजक ।’, बारा खबरसँग खत्रिले भने, ‘उहाँहरु कतै कसैबाट म विरुद्ध परिचालित न हुनुहुन्न ?’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार