भूकम्प आउने भन्दै आतंक फैलाएर पक्राउ परेका अर्जुन छेत्री फेरि मिडियामा , खुलाए नयाँ रहस्य (भिडियो सहित)

  पत्रपत्रिका खबर  1289 पटक हेरिएको

काठमाडौँ-केही युट्युब अनलाइन टेलिभिजनहरुमा अन्तर्वार्तामा दिँदै जेठ महिना भित्र महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री रिहा भएका छन् । अर्जुन क्षेत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

धेरै लामो समय देखि अफवाह फैल्याउदै आएका उनलाई काठमाडौं गौसलाबाट पछिल्लो पटक भुकम्प आउँछ भन्दै फेरी अर्को अफवाह फैलाए पछि ज्योतिष भनिएका अर्जुन क्षेत्रीलाई गत २१ गते प्रहरीले हिरासतमा लिएका थिए । अर्जुन क्षेत्री रिहा भएपछि फेसबुक लाइभमा आएर बास्तबिकता यस्तो हो भन्दा सम्पूर्ण दर्शक स्रोतालाई स्पस्ट पार्दै छन् । उनको कुरा सुन्दा उनि पहिले कै जस्तो अफवाह फैल्याउन निरन्तरता दिने पक्षमा छन । उनले आफ्नो गल्ति स्वीकार्नको सट्टा आफ्नो बचाउ गर्दै मैले गरेको भविश्यवाणी सहि भएको दावी गर्छन ।

मैले नेपालको छेत्रमा बिपत आउँछ भनेको थिए त्यो भई सकेको छ र ठुलो जनधनको क्षति पनि भयो। त्यस अर्थमा मेरो भविष्य सहि सावित भई सकेको छ भनेका छन। भूकम्प आउँछ भन्ने कुरा नमिल्न गए पनि मैले अनुमान गरेको बिपत आईसकेको छ। उनले भिडियोमा आएर भनेका छन। थापा क्षत्री रिहा भएपछि आफ्नो बास्तबिकता बताउदै गरेको जस्ताको तस्तै भिडियो हेर्नुहोला ।

विश्व खडेरी विरुद्ध संघर्ष दिवस ।
आज विश्व खडेरी विरुद्ध संघर्ष दिवस । मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि विश्व भरी नै यो दिवस मनाउने गरिन्छ । सन् १९९५ देखि हरेक वर्ष विश्व समूदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ । खाद्य सुरक्षा देखि वातावरणीय मुद्दाहरु, भूसंंरक्षण लगायत विभिन्न कुराहरु यो विशेष दिनले विश्व समाजमाझ निरन्तर प्रकाश पार्ने काम गर्दै आएको छ । यसै गरि अधिकतम भूमिहरु अनुत्पादक भएको कारण मरुभूमिकरण बढ्दै गएको छ ।

जमिनमा कृषि उत्पादनको लागि प्रयोग गर्ने भन्दा पनि घर निर्माणमा बढ्दै जाँदा खडेरी पनि बढ्दै गएको छ । हरियो वन जंगलको विनासका कारण पनि खडेरी बढ्दै गएको विज्ञहरुको भनाई छ । खडेरीकै कारण विश्व भरिका ८१ करोड मान्छेहरु खाद्यान्न सङ्कटको समस्यामा छन् ।

पाल्पामा पानीको संकट बढ्दै ।
लामो समय खडेरी परेपछी पाल्पामा खाने पानीको समस्या देखिएको छ । पाल्पाका धारा, पधेरामा विहान ४ बजेदेखि नै लाइन लाग्ने गरेको छ । पानीको अभाबले खास गरि विद्यार्थी र महिलाहरु प्रभावित भएका छन् । पाल्पाको तानसेन नगरपालिका ,निस्दी गाउँ पालिका, माथागढी गाउँपालिका रिब्दीकोट गाउँ पालिका र रैनादेवी छहरा, गाउँपालिका बस्तीमा पानीको अभाब भएको छ । पानी भर्नकै लागि स्थानीय ३ घण्टा सम्म हिडेर पधेँरामा जाने गरेका छन् । जंगलको मुहान सुक्दै गएपछी स्थानीय स्तरमा खाने पानीको अभाव भएको हो । पानीको जोहाको कारणले विद्यालय पनि जान नपाएको बालबालिकाहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार