डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घट्यो

  मूलधार प‌ाेष्ट  477 पटक हेरिएको

काठमाडाैं-नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हाे । नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको बताइएको छ । याे मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ । घटेकाे मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार