गुठी विधयकमा कमजोरी भए सच्याउने : प्रधानमन्त्री ओलीले

  मूलधार पोष्ट  283 पटक हेरिएको

काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधयकमा कुनै कमजोरी भएको भएमा सरकारले सच्याउने बताउनु भएको छ । यूरोप भ्रमण सकेर फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विभिन्न विषयमा पत्रकारहरूले राखेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

गुठीका नाममा जनतामाथि, गरिबहरूमाथि शोषण भइरहेको उल्लेख गर्दै उहाँले कहीँ कतै त्यस प्रकारका गुठीहरूमा कतै केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्ने जानकारी दिनुभयो । ‘अब केही मानिसहरूले खुबै मौका पायौँ भन्ठानेको होला । कुनै चान्स आउने वाला छैन । चान्स छैन । किन भने यो सरकार जनताका लागि, जनताले भने अनुसार काम गर्छ ।’

उहाँले भन्नुभयो । मच्छेन्द्रनाथको रथ यात्रा आफैमा एउटा धरोहर भएको टिप्पणी गर्दै प्रधानमन्त्रीले आफू स्वदेश फर्किसकेका कारण यो असन्तुष्टिहरू जायज भएमा सम्वोधन गरिने बताउनुभयो । स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा विभिन्न विषयमा ६ जना पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई ८ वटा प्रश्न राखेका थिए । प्रधानमन्त्री ओलीले १३ मिनेट ४२ सेकेण्डमा ती प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार