ज्योतिष शात्र : राशिअनुसारको २०७६ साल असार महिनाको भाग्यफल

  मासिक राशिफल  1295 पटक हेरिएको

२०७६ साल असार महिनाको मासिक भाग्य र भविष्य ।
मेष -नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना देखिन्छ। उद्योगधन्दा फस्टाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र महिना लाभदायक रहनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आर्थिक पक्ष सबल बन्नेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। सामान्य व्यवधान देखिए पनि मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। तारिफयोग्य कामले पद–प्रतिष्ठा प्राप्त हुनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगी बन्नेछन्। तर हठ गर्ने बानीले साथीभाइमा असमझदारी बढाउनेछ। आफ्नैबाट पनि टाढिनुपर्ने परिस्थिति आउन सक्छ। घर–जग्गाका विषयमा केही वादविवाद हुने देखिन्छ।

बृष -धन तथा बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। अभिव्यक्ति–कलामा निखारता आउनुका साथै अध्ययनमा प्रगति हुनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान–सम्मान समेत दिलाउनेछ। यन्त्र, उपकरण वा विलासी वस्तुमा धन खर्च हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिए पनि कामको नतिजाले उत्साह जगाउनेछ। आत्मसम्मानका लागि संघर्षमा उत्रनुपर्ने स्थिति आउन सक्छ। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। यस महिनाको ग्रहयोगले स्वास्थ्यमा शिर, आँखा र दाँत सम्बन्धी समस्या देखापर्न सक्छ। गर्मी तथा मौसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला।

मिथुन -आफ्नो क्षेत्र, वर्ग र समाजलाई समयसापेक्ष परिवर्तन गर्न सफल भइनेछ। पहिलेका आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक बन्नेछन्। मनको डर इच्छाशक्तिमा रूपान्तरित हुनेछ। बलभन्दा बुद्धिविवेकले काम लिने चेष्टा गर्नुहोला, मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ। महत्त्वाकांक्षी काम सम्पादन हुनाले यो महिना उत्साहवर्धक रहनेछ। आत्मविश्वास र दृढसंकल्पले लक्ष्यमा पुर्याउनेछ।वादविवाद, असमझदारी, आलोचना जस्ता सामाजिक विघ्नबाधासँग भने संघर्ष भइरहनेछ। ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले सताए पनि चैतन्य शक्ति जागृत हुनेछ।

कर्कट -प्रतिस्पर्धी बढ्ने हुँदा शुभचिन्तकहरूलाई साथमा लिएर अघि बढ्नुहोला। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। सरकारी निकायबाट हुने कडिकडाउको सिकार समेत भइएला। चोटपटकको सम्भावना देखिएकाले जोखिम हुने काम तथा हातहतियार र सवारीमा सजग रहनुहोला। लगनशीलताले आंशिक सफलता भने दिलाउनेछ। खर्चिलो काममा हात हाल्नाले महिनाभरि अर्थअभाव देखापर्नेछ। परिस्थितिवश कार्ययोजना स्थगित गर्नुपर्ने हुन सक्छ। लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ। व्यापारमा मन्दी आउनेछ भने फजुल खर्च बढ्नेछ। महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ।

सिंह -नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। अध्ययनमा प्रगति हुनेछ र व्यवसायमा आम्दानी बढ्नेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। विभिन्न अवसर जुट्नाले महिना उत्साहवर्धक रहनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत पनि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापार, कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। सवारीलगायत विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। पाउमा चोटपटक लाग्न सक्छ। महत्त्वपूर्ण सामान हराउने सम्भावना देखिएकाले सुरक्षामा विशेष सावधानी अपनाउनुहोला।

कन्या -कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विद्वानहरूको संगतले नयाँ कुरा सिक्ने अवसर पनि जुराउनेछ। यो महिनामा विशेष अवसर प्राप्त हुनुका साथै कर्मयोगले उचाइमा पुर्याउनेछ। स्रोत–साधन जुट्नाले दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन् भने मित्रता र प्रेमको बन्धन कसिनेछ। व्यापार बढ्नाले आयस्रोत सबल हुनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने समय छ। अध्ययनको लगनशीलताले उचाइमा पुर्याउनेछ। प्रयत्न गर्दा देशविदेशको यात्रा हुन सक्छ। तारिफयोग्य कामले कीर्तिमानी दिलाउनेछ।

तुला -नयाँ व्यवसाय तथा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अत्यधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दुःख पाइनेछ। बलजफ्ती गर्ने बानीले वादविवाद निम्त्याउने हुँदा सावधान रहनुहोला। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि मेहनतले लक्ष्यमा पुर्याउनेछ। धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ। बलभन्दा बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। सुझबुझले काम लिँदा पुरानो विवादसमेत सम्झौतामा टुंगिन सक्छ। नयाँ काम थालनी हुनेछ। अध्ययनमा प्रगति हुनेछ र कर्मयोगले उचाइको बाटो समाउनेछ। भाग्यले असल मित्र, शुभचिन्तक तथा जीवनसाथी समेत जुराउन सक्छ।

बृश्चिक -स्वास्थ्य र आम्दानीका दृष्टिले यो महिना कमजोर रहनेछ। सञ्चित रकम खर्च हुने र आयआर्जनमा कमी आउने हुँदा आर्थिक अभावले सताउन सक्छ। स्वास्थ्य कमजोर हुनाले लामो काममा सक्रिय हुन नसकिएला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेन्। नयाँ काम थाल्ने योजनामा हुनुहुन्छ भने आफ्नैले अवरोध पुर्याउन सक्छन्, सचेत रहनुहोला। राजनीतिक तथा सामाजिक प्रभाव पनि कमजोर रहने समय छ। चोटपटकको योग देखिएकाले सवारीसाधन र हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। व्यवसाय र आयमूलक काममा मन्दी आउन सक्छ। समयमा निर्णय लिन नसक्दा र अरूको भरपर्दा पनि अवसर गुम्ने देखिन्छ।

धनु -परिवेश रमाइलो देखिए पनि कर्मयोगमा उतारचढाव आउन सक्छ। यात्रा, भोगविलास र भेटघाटले खर्च निम्त्याउने देखिन्छ। विभिन्न अवसर आए पनि काममा समय दिन नसक्दा पछि परिनेछ। परिस्थितिवश घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिएला। व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्नेछ। आँटले चुनौतीपूर्ण कामसमेत सम्पादन हुनेछ। तर, यस महिनाको लगानी र आर्थिक कारोबारले पछिल्लो महिना समस्या निम्त्याउन सक्छ। पारिवारिक असमझदारीले दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन भने सकिनेछ।

मकर -रोकिएका काम बन्नुका साथै पुरुषार्थी काम प्रारम्भ हुनाले उत्साह जाग्नेछ। आर्थिक पक्ष सबल बन्नेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। तर, सहयोगीहरूको भावना समेट्न नसक्दा कालान्तरमा समस्या आउन सक्छ। अवसरका लागि मित्रता गाँस्नेहरू प्रशस्तै हुनेछन्। तर प्रेमको बन्धन भने कमजोर हुनेछ। मिहिनेतको सफलताको उचाइमा पुर्याउनेछ। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला। (नेपाली पात्रो)

कुम्भ -विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययन तथा रोजगारीका लागि विदेशयात्राको अवसर प्राप्त हुन सक्छ। धेरै आर्जन गर्न नसकिए पनि दिगो स्रोत जुटाउन सकिनेछ। अस्वस्थताले काममा बाधा पुर्याए पनि सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। केही दौडधुप गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। सामान्य काममा अलमलिनु भन्दा दिगो अवसरका लागि प्रयत्न गर्नुहोला। दैनिक व्यवहारमा सीमित व्यापारलाई प्रतिस्पर्धाको उचाइमा पुर्याउन सकिनेछ। सरकारी काममा वैधानिक व्यवस्था विचार गरेर मात्र प्रयत्न गर्नुहोला। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

मीन -घरपरिवारमा असमझदारी बढ्नेछ भने सामूहिक भावना विखण्डित हुन सक्छ। साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद अउने सम्भावना छ। यो महिनामा केही घरेलु समस्या देखापर्न सक्छन्। स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न बाधा पर्ला। काममा प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्ने चेष्टा गर्नेछन्। आफ्नो अधिकार जोगाउन समयमा सगज रहनुपर्ला। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा दिगो फाइदा उठाउन नसकिएला। तापनि सत्पात्रको संगतले व्यवहारमा सुधार आउनेछ। लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। साथीभाइको सहयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। भूमिको उपयोग र कृषिबाट प्रशस्त लाभ हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार