ज्योतिष शाथी : असार १ देखि ७ गतेसम्मको राशिअनुसारको साप्ताहिक भाग्य र भविष्य

  साप्ताहिक राशिफल  1306 पटक हेरिएको

मेष -सोमबारदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। सहयोगी जुट्नाले आँटेको काम बन्नेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हात पार्ने समय छ। सुरुमा अस्वस्थता, काममा अवरोध जस्ता समस्या आउनाले लक्ष्य प्राप्तिमा बाधा पुग्नेछ। धनमाल सुरक्षामा पनि विशेष सावधानी अपनाउनुहोला। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। लगनशीलताले सफलताको उचाइमा पुर्याउन सक्छ। आम्दानी बढ्नाले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

बृष -खर्च बढ्नाले अर्थअभाव झेल्नुपर्ला। अप्ठ्यारो समयमा शुभचिन्तकहरू टाढा हुनेछन्। स्वास्थ्य कमजोर रहनेछ। तापनि, मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। प्रारम्भमा प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। तर वादविवादले जोसजाँगरमा कमी आउन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। समस्या सुल्झाउन समय लागे पनि बिहीबारदेखि कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। सप्ताहान्तमा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। अर्थलाभ हुनाले दैनिकीमा परिवर्तन आउनेछ ।

मिथुन -सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै व्यवसायले आम्दानी दिलाउनेछ। यात्राका बीच रमाइलो भेटघाट तथा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। बिहीबार र शुक्रबार व्यापारमा घाटा र काममा बाधा हुने देखिन्छ। व्यवहारमा केही उल्झन देखिए पनि मिहिनेतीहरूलाई सप्ताहान्तमा भाग्यले साथ दिनेछ। सहयोगीहरू जुट्नाले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।प्रतिस्पर्धाले फजुल खर्च र व्यावहारिक समस्या निम्त्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यका लागि धन खर्चनुपर्ला।

कर्कट -बीचमा उतारचढाव आए पनि साता सुखद रहनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। अध्ययनमा रुचि बढ्नेछ भने कर्मयोगले प्रसिद्धि दिलाउनेछ ।सोमवार, मंगलवार र बुधवार भने विभिन्न अवरोध आउनाले काममा बाधा उत्पन्न हुनेछ। नयाँ योजना सार्वजनिक नगर्नुहोला। बिहीवारदेखि स्थितिमा सुधार आउनाले व्यापार र उद्योगमा फाइदा हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिएला। कामको सन्दर्भमा रमाइलो यात्रा र अतिरिक्त आम्दानी हुनेछ। सप्ताहान्तमा स्वास्थ्य कमजोर बन्ने देखिन्छ।

सिंह -प्रारम्भ आसलाग्दो देखिए पनि घरेलु कामकाजले अलमल्याउन सक्छ। व्यावसायिक कामले भने उत्साह जगाउनेछ। परिवारको प्रेरणाले महत्त्वाकांक्षी काम प्रारम्भ हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। परिस्थितिवश अध्ययनमा धेरै समय दिन नसकिएला। सोमवारदेखि काम दोहोर्याउनुपरे पनि अवसर प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू समेत सहयोगीका रूपमा देखापर्नेछन्। विभिन्न भौतिक साधन जुट्नेछन्। लगनशीलतले नाम, दाम र इनाम दिलाउन सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने सम्भावना छ।

कन्या -प्रारम्भ उत्साहवर्द्धक देखिए पनि यो सातामा केही उतारचढाव समेत आउनेछन्। आँटले महत्त्वाकांक्षा पूरा हुनेछ। घर–परिवारमा मतभेद देखिए पनि अवसरले एकजुट बनाउनेछ। कर्मयोगले नाम र दाम पनि दिलाउनेछ। आलस्य गर्ने बानीले अध्ययनमा भने पछि परिएला। सहपाठीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । प्रतिस्पर्धीहरू समेत सहयोगीका रूपमा देखापर्नेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नेछ भने धन सञ्चय गर्न सकिनेछ।

तुला -रारम्भमा अवसरले पछ्याउनेछन् भने बोलीका भरमा काम सम्पादन हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। मिहिनेत गर्दा राम्रै आम्दानीका स्रोत फेला पर्नेछन्। सोमवारदेखि विवादास्पद काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। आफ्ना काममा अरूले हस्तक्षेप गर्नेछन्। घर–परिवारमा असमझदारी बढ्नेछ भने आफन्तसमेत टाढिन सक्छन्। सप्ताहान्तमा विद्यार्थीहरूका लागि सुखद समाचार आउला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।

बृश्चिक -चिताएको काम सम्पादन हुनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा नेतृत्व गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। आकर्षक पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। प्रशंसकहरू बढ्नेछन् र सहयोगीहरूले काममा साथ दिनेछन्। अध्ययनका सन्दर्भमा यात्रा गर्ने साइत जुर्न सक्छ। बिहीवारदेखि अलि जोखिमपूर्ण जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला। वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ।

धनु -सुरुमा खर्च लागे पनि देश–विदेश घुम्ने रहर पूरा हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। टाढाका साथीभाइसँग भेटघाट हुनेछ। सोमबारदेखि अध्ययनमा प्रगति हुनेछ भने प्रियभेटले मन प्रफुल्ल हुनेछ। पार्टी तथा भोजभतेरको निम्तो आउन सक्छ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अध्ययन र लेखनतर्फ राम्रो प्रगति हुनेछ। लेनदेन र हिसाबकिताबमा सावधान नहुँदा बीचमा केही विवाद हुन सक्छ। सप्ताहान्तमा स्थिति अनुकूल हुनाले लक्ष्यमा पुगिनेछ। मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउनेछ।

मकर -प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुन सक्छ। पहिलेको श्रमबाट उपलब्धि उठाउने समय छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्गे धन संग्रह हुनेछ। सोमवारदेखि खर्चको योग देखिए पनि पछिका लागि लगानी गर्ने समय छ। परिवारजनबाट अलि टाढिनुपर्ला। विदेश ताक्नेहरूका लागि भने यात्राको साइत जुर्न सक्छ। सप्ताहान्तमा स्वास्थ्यमा मौसमी गडबडी देखापर्न सक्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि वादविवादमा अघि नसर्नुहोला। सोखले खर्च गराए पनि उद्देश्य पूरा नहुन सक्छ।

कुम्भ – तारिफयोग्य काम गर्दै नाम, दाम र इनाम कमाउन सकिनेछ। अध्ययनले पनि उचाइको मार्ग अवलम्बन गर्नेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर छ। बिहीवारदेखि अनियन्त्रित खर्च हुनेछ। परिस्थितिवश अर्थ अभाव देखापर्नेछ भने सप्ताहान्तमा आगन्तुकले अलमल्याउने हुँदा चिताएको काममा पनि बाधा पुग्न सक्छ।अवसरका लागि प्रतिस्पर्धामा उत्रनुपर्ला। आफ्नैले काममा बाधा पुर्याउने हुँदा गोपनीयतामा विशेष सगज रहनुहोला। मिहिनेत गर्दा पेसा र व्यवसायमा मनग्य फाइदा हुनेछ।

मीन -बीचमा सामान्य उतारचढाव आए पनि साता उपलब्धिमूलक रहनेछ। प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। आध्यात्मिक चिन्तनले सेवामूलक काममा प्रवृत्त गराउनेछ। आफ्नो क्षेत्रमा तारिफयोग्य काम गर्दै नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सफल भइनेछ । सोम, मंगल र बुधवार भने ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अवसरका लागि चुनौतीसँग लड्नुपर्ने देखिन्छ। बिहीवारदेखि श्रम र व्यवसायबाट मनग्य आम्दानी हुनेछ। तर सप्ताहान्तमा पछिका लागि खर्च पनि गर्नुपर्ला।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार