असार २ गते सार्बजनिक बिदा

  पत्रपत्रिका खबर  405 पटक हेरिएको

मोरङ- जिल्लाको उर्लाबारी नगरपालिकाले असार २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । धिमाल जातिको पर्व जात्री तथा सुजातको अवसरमा असार २ गते नगरपालिका भित्र सार्वजनिक बिदा दिने गरेको नगरप्रमुख खड्ग बहादुर फाँगोले बताएका छन् ।

छुटाउनुभयो कि –नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सुदूरपश्चिमका सबै जिल्लामा जिल्ला कमिटी सदस्यलाई शपथको काम सम्पन्न भएको बताएका छन् । जेठ २५ गते कैलाली र कञ्चनपुरका जिल्ला कमिटीलाई शपथ गराइएको र शनिबार बिहान अछाम जिल्ला कमिटीका सदस्यलाई सपथ गराएसँगै ९ वटै जिल्लाका सदस्यलाई शपथ ग्रहण कार्य सकिएको बताए ।

प्रेस संगठन अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा सुदूरपश्चिम ईन्चार्ज समेत रहेका नेता रावलले सपथ ग्रहणसँगै अब पार्टीले नयाँ गति लिने बताए । प्रेस संगठन अछामका टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले सुदूरपश्चिमका विभिन्न योजना तथा कार्यक्रममा आवश्यक बजेट विनियोजनका लागि आफूहरुले निरन्तर आवाज उठाइरहेको बताए ।

प्रदेश सरकारले पनि बजेट विनियोजन गर्दा सबै जिल्लामा आवश्यकता तथा समानताका आधारमा बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए । ‘विगतका प्रतिवद्धता र घोषणापत्रलाई आफ्नो मूल मर्म बनाउनुपर्छ’ रावलले भने । नेपाली काँग्रेसले हिजो दुई तिहाई बहुमत प्राप्त गरेको तर, कुनै काम गर्न नसकेको दाबी गरे । अहिले काँग्रेसले सरकार तथा नेकपाको बिरोध गरिरहेको भन्दै विकृति र बेथिति भित्र्याउने, उद्योग कलकारखाना कौडीमा बेच्ने तथा देशलाई पछाडी धकेल्ने काम काँग्रेसले गरेको आरोप लगाए ।

‘काँग्रेसले जे भन्यो त्यसको उल्टो गर्यो, जसले देश पछाडि गयो, हामीले त्यसो गर्नु हुँदैन’, रावलले भने । नेपालको संविधान, नेकपाको घोषणापत्र आदीले प्रेस स्वतन्त्रताको हनन गर्ने कुरा कल्पना समेत नगरेको भन्दै नेता रावलले हाल संसदमा प्रस्तुत मिडिया काउन्सिल विधेयकले पनि त्यसो नगर्ने दाबी गरे ।

कहिँकतै प्रेस स्वतन्त्रतामा खलले पुग्ने देखिए त्यो सुधार हुने उनको भनाई छ । पत्रकार सम्मेलनमा नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश सहईन्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापा, सहअध्यक्ष नेप बहादुर चौधरी, राष्ट्रिय सभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष शेरबहादुर कुँवर, सचिव झपट साउँद, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार