पहिरोले यातायात सेवा अबरूद्व

  मूलधार प‌ाेष्ट  171 पटक हेरिएको

बाजुरा-कर्णाली करिडोर अन्तर्गत लालिघाट देखि धुलाचौर सम्मको ८२ किलोमिटर सडक खण्डमा २०७५ चैत्र बाट जिप सेवा सञ्चालन पश्चात हुम्ला, मुगु र बाजुराका नागरिकलाई नेपालगंज, सुर्खेत र काठमाण्डौ सम्मको यात्रा समय र पैंसाको हिसावले सस्तो भएको थियो ।

गत सोमबारको अबिरल बर्षाका कारण जगन्नाथ गाँउपालिकाको वडा नं ५,को भुकाखोलामा पहिरो खस्दा यातायात सेवा अबरुद्ध भएकोछ । जगन्नाथ गाँउपालिकाले पहिरो खोल्नका लागि डोजरको प्रयोग गरेपनि ठुला,ठुला ढुंगा खसेकोले पहिरो पन्छाउन सकिएको छैन । नेपाली सेनाले जिम्मा लिएको उक्त सडक खण्डको पहिरो पन्छाउन र यातायात सेवा संचालन गर्नका लागि सेनाले तत्काल पहल गर्नु पर्ने देखिन्छ ।

उक्त सडकमा १२ वटा जिपले अनुमति लिएर सेवा दिदै आएकोमा हिजोआज २ देखि ४ वटा जिपले लालिघाट बाट भुकाखोला सम्म यात्रुलाई सेवा दिइरहेकाछन । धुलाचौर र पिलुचौर बाट यात्रुहरूले जिप चढ्नका लागि भुकाखोला सम्म पैदल यात्रा गर्नु परेकोछ । सुर्खेत, नेपालगंज र काठमाण्डौ बाट आएका यात्रुले भुकाखोला बाट पिलुचौर सम्म झोला र समान बोकाउन महँगो भाडा तिर्नु परेकोछ । दैनिक उपभोग्य समान र भौतिक पुर्वाधारका योजनाहरूको समान ढुवानीमा अवरोध भएकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार