भूकम्प आउँछ भन्दै त्रास फैलाएको आरोपमा पक्राउ परेका अर्जुन रिहा

  मूलधार प‌ाेष्ट  477 पटक हेरिएको

विवादास्पद ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले रिहा गरेको छ । जेठ २९ गते महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा त्रास फैलाएको आरोपमा पक्राउ परेका अर्जुन क्षेत्री रिहा भएका छन् । आफूलाई ज्योतिष बताउने क्षेत्रीले जेठ २९ गतेभित्र महाभूकम्प नआए आफुलाई फाँसी दिए पनि हुने अभिव्यक्ति दिएका थए । २९ गते महाभुकम्प आउँछ भन्दै त्रास फैलाएका कारण पक्राउ परेका उनलाई प्रहरीले जेठ ३१ गते रिहा गरेको छ । शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा अफवाह फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो । प्रहरीबाट छुटे लगत्तै आफ्नो आफन्तको साथमा क्षेत्री निवास तर्फ लागेका छन् । विभिन्न काण्डहरुमा मुछिएर लगातार विवादित बनेका क्षेत्रीले अब फेरी कस्तो उदण्डता मच्चाउँने हुन् हेर्न बाँकी नै छ ।

पढ्नुभएनकी-प्रहरीको एक डण्डाले अर्जुन क्षेत्री यसरी भए ठण्डा ।
महाभुकम्प आउँने ठोकुवा गरेर जनतालाई त्रासमा पार्ने एक ज्योतिष अर्जुन क्षेत्रीले प्रहरीले पक्राउ गरेपछि भने आफ्नो बोली फेरेका छन् । महाभुकम्पको भविश्यवाणी ठोकुवा गर्दै हिँडेका ज्योतिष क्षेत्रीले प्रहरीसामु भने आफुले अनुमानको भरमा बोलेको र त्यसमा कुनै सत्यता नरहेको बयान दिएका छन् ।भुकम्पको भविश्यवाणी गर्ने तर आफुलाई समात्न प्रहरी कहिले आउँछ भनेर भविश्यवाणी गर्न नसक्ने क्षेत्रीको कुराले अहिले सबैजना जिल खाएका छन् । कतिपयले क्षेत्रीले प्रहरीकोमा पुगे पछि बोली फेरे पछि पुलिसको डण्डाले ज्यातिष ठण्डा भएको भनि उनलाई उडाइरहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अनुमानको भरमा क्षत्रीले देशमा विनाशकारी भूकम्प आउने भविष्णवाणी गरेको बयान दिएको बताए । क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार दिउँसो गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा।लि। कार्यालय सञ्चालन गर्दै आएका क्षत्रीलाई ज्योतीष महासंघले ज्योतिषहरुमाथि नै आँच आउने गरी जथाभावी बोल्दै हिँडको भन्दै कारबाही गरिसकेको थियो । सो कुरा प्रहरी अनुसन्धानबाट पनि खुल्न आएको प्रवक्ता बोगटीले जानकारी दिए ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । युट्युबमार्फत क्षत्रीले जेठ २९ भित्र देशमा भूकम्प नआए आफू जेल जान तयार रहेको समेत बताएका थिए । पक्राउ परेका क्षत्रिमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरीवाना हुनसक्ने बताइएको छ । क्षत्रीले आफूलाई ज्योतिष भनेर यसरी चिनाएका थिए । पक्राउ परेका क्षत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर पहिलोपटक आफूलाई युवा ज्योतिष भन्दै चिनाएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ

विस्तारै–विस्तारै जथाभावी बोल्न थालेपछि क्षत्रीलाई महासंघले कारबाही गरी निलम्बन गरेको ज्योतिष कमल पौडेल बताउँछन् ।
ज्योतिष पौडेलका अनुसार क्षत्रीले केही युट्युब च्यानलहरु किनेर आफूलाई ज्योतिष भनेर चिलाउन अन्तर्वार्ता लिन लगाएको समेत आरोप लगाए । पौडेलले भने, ‘ज्योतिष क्षेत्रमा धावा बोल्ने जो कसैलाई पनि कारबाही हुनपर्छ ।’ज्योतिष पौडेलले भने, ‘जन्म मिति र जन्म स्थानको आधारमा मात्र भविष्यवाणी गर्न सकिन्छ । कसैले कसैको अनुहार हेरेर भविष्यवाणी गर्न सकिन्न ।’पक्राउ परेका ज्योतिष भनिने क्षत्रीले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदा आफूलाई अमेरिकाले एक लाख डलर अफर गर्दा समेत नगएको बताएका छन् ।

पढ्नुभएको छैनकी -अर्जुन क्षेत्रीको काण्डै काण्डको पर्दाफास ।
आफुलाई नामुद ज्योतिष भन्दै महाभुकम्प जाने भविश्यवाणी गरेर देशैभरी सनसनी मच्चाएका ज्योतिष भनिने अर्जुन क्षेत्रीको भविष्यवाणी जति सबै बवकास मात्रै भएको खुलासा भएको छ । महाभुकम्पको भविश्यवाणी गरेर जनतामा त्रास सिर्जना गरेका कारण अहिले जेलको चिसो खाइरहेका क्षेत्रीको एकएक कुर्ततको पर्दाफास भएको छ । आफुलाई फेस रिडर दावी गर्दै सर्वसाधारणमा भ्रम सिर्जना गरेका क्षेत्रीले ज्योतिष पढेको कुरामानै आशंका पैदा भएको छ ।

अर्जुनलाई नजिक बाट चिन्ने उनकै गाउँले दाइ निरोज कुमार थापाले एक युटुव च्यानलमा अन्तवार्ता दिँदै अर्जुनको झुट छताछुल्ल पारिदिएका छन् । आफुलाई १७ वर्ष भारतमा बसेर ज्योतिष विधा लिएर आएको दावी गर्ने क्षेत्रीको दावी पनि सबै बवकास पुष्टि भएको छ । उनका गाउँले दाई थापाले बताए अनुसार ज्यातिष भनिने अर्जुन अहिले जम्मा जम्मी १९ बर्षका मात्र भए जबकी क्षेत्री १७ १८ बर्षको उमेर सम्म पनि रामेछापमै रहेका थिए । अब प्रश्न तेर्सियो उनि १७ बर्ष सम्म कुन भारत बसे ?

थापाले आफु सँग ५ महिना मात्र उनी सम्पर्कमा नरहेको र ५ महिनामै अर्जुन कसरी ज्योतिष भयो भन्ने कुराले आफु आश्चर्यचकित भएको बताएका छन् । थापाले आफुले उनलाई पटक पटक यस्ता बककास गर्दै हिँडे एक दिन फसिन सक्ने भन्दै परिवारलाई समेत सम्झाउँदा पनि नमानेको र अहिले जेल जानु परेको स्मरण गरेका छन् । अर्जुनको फटाइ यो पहिलो नभएको पनि खुलेको छ उनि पहिले देखिनै कति फटाह रहेछन् भने एसएलसी पास गरेर तत्कालिन समयमा रामेछापको एक निजी विधालयमा जागीर खाएका उनले केही समय पछिनै आफुले यस्ता स्कुल त कति चलाएको चलाएको भन्दै प्रिन्सिपल बनाउँनु पर्यो भनेर लफडा गरेका रहेछन् । भर्खरै एसएलसी पास गरेको मान्छेले त्यस्तो उट्पट्याङ कुरा गर्न थालेपछि अर्जुनलाई त्यहाँ बाट पनि लखेटिएको थापाले स्मरण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार