बेपत्ता श्रेष्ठलाई रामेछाप प्रहरीद्वारा उद्दार

  पत्रपत्रिका खबर  362 पटक हेरिएको

मन्थली- ट्रेकिङका क्रममा रामेछाप जिल्लामा बेपत्ता भएका मनीष युगल श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापले सकुशल उद्धार गरेको छ । पाँच दिनदेखि बेपत्ता श्रेष्ठलाई उद्धार गरी हेलिकप्टरमार्फत उपचारका लागि आफन्तका साथ काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नरपालिका वडा नम्बर ७ बस्ने श्रेष्ठ साथीहरूसँग रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ र गोकुलगंगा गाउँपालिका वडा नम्बर १ स्थितमा रहेको नुम्बुर सर्किट एरियामा ट्रेकिङ गर्दै जाने क्रममा जेठ २५ गते हिँड्न नसकेर छुटेका थिए । त्यसपछि उनी बेपत्ता भएका थिए । श्रेष्ठले साथीहरूलाई ‘तपाईहरू जाँदै गर्नु म बिस्तारै आउँछु’ भनि बाटोमा आराम गरेर बसेका थिए । रामेछाप जिल्लाको गोकुलगंगा १ मानेडाँडास्थितमा आराम गरी बसेकोमा साथीहरूले श्रेष्ठ नआइपुगेपछि फर्केर आराम गरेको ठाँउसम्म पुग्दा श्रेष्ठ हराई बेपत्ता भएको डिएसपी भट्टराईले जानकारी दिए ।

श्रेष्ठ बेपत्ता भएको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी निरीक्षक रोशन खड्काको कमाण्डमा प्रहरी टोली खटाई लगातार ४ दिनको खोजी पश्चात् जेठ २९ गते गोकुलगांगा गा.पा.१ स्थित मानेडाँडाको फेद तेर्सेस्थित खोल्साको किनारमा फेला पारी जीवितै उद्दार गरी आफन्तको जिम्मा लगाई पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार