गर्मीका कारण एकजनाको मृत्य

  मूलधार प‌ाेष्ट  377 पटक हेरिएको

मोरङ –मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ०६ मा आज एक जना व्यक्तिको मृत्यु भएको छ । उनको गर्मीका कारण मृत्यु भएको हुन सक्ने स्थानियले बताएका छन । अन्दाजी ६५ वर्षको दुखिया चौधरी उनको घर कानेपोखरी स्थित कालिकोशीमा भएता पनि हाल उनी सुन्दरहरैचा नगरपालिका वाडा नं ६ स्थित गछिया खोलाको किनारमा बस्दै आएका थिए ।

दिउँसो करिब अन्दाजी ५ बज ह्विलचेयरमा बसिरहेको अवस्थामा उनको मृत्यु भको प्रहरीले बताएको छ । प्रहरीले मृतकको शरिरलाई पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा पठाएको जानकारी दिएको छ ।

यता स्थानियले गर्मीको कारण मृत्यु भएको हुन सक्ने बताए पनि प्रहरीले भने पोस्टमार्टम गरिसकेपछी मात्र के कारणले मृत्यु भएको भन्न सकिने बताएको छ ।

त्यस्तै १६ वर्षको कलिलो उमरेमै अन्तरजातीय विवाह गरेकी प्रमिला सिवा अहिले १८ वर्ष पुगिन् । पाँचथरको याङवरक गाउँपालिका–४, थर्पुमा रहेकाे वरडाँडाकी प्रमिला सिवाले स्कुल पढ्दा–पढ्दै ताप्लेजुङको सिदिङवा गाउँपालिका–४, साप्लाखुका विजय ताम्लिङ (लिम्बू) सँग २०७४ साल असोज महिनामा अन्तरजातीय विवाह गरेकी हुन् । विवाहपछि श्रीमान र सासु-ससुरासँगै झापाको काकडिभिट्टामा बस्दै आएकी प्रमिलाको साथमा अहिले भने श्रीमान् छैनन् । विवाह भएको झण्डै एक वर्षपछि प्रमिला गर्भवती भइन् । त्यति नै खेर श्रीमानले अर्कै केटी लिएर सम्पर्कविहीन भए ।

प्रमिलाले आवश्यक परेकाे बेला श्रीमानको साथ पाइनन् । उल्टै घर परिवार र आफन्तजनबाट अन्तरजातीय विवाह गरेकै कारण दुर्व्यवहार र शारीरिक यातना खेप्नुपर्‍यो । गएको असोज महिनादेखि श्रीमान सम्पर्कविहीन भएको प्रमिलाले बताइन् । असोज महिनामा श्रीमान विजयले म विदेश जान्छु, तिमी माइतमा गएर बस्नु भनेपछि प्रमिला माइतमा आएर बस्न थालिन । त्यसपछि विदेश जान्छु भनेर घरबाट निस्केका श्रीमानले कात्तिकमा फोन गरेर ‘म विदेश गएँ, मलाई नखोज्नु’ भनेको प्रमिलाले बताइन् ।

त्यसपछि माइती बस्न थालेकी प्रमिलाले श्रीमानले अर्कै केटी लिएर हिँडेकाे थाहा पाइन् । ‘अहिले काठमाण्डाै बस्छ भनेको सुनेको तर काठमाण्डौ कुन ठाँउमा बस्ने, के गर्ने, केही थाहा नभएकाे‘ प्रमिलाले सुनाइन् । माइतमा बस्दा प्रमिलालाई आफन्त र छिमेकीले गर्भपतन गर्न सुझाव दिए तर उनले मानिनन् । श्रीमान फर्केर आउने विश्वासमा पेटभित्रको बच्चालाई जन्म दिने निधाे गरिन् । प्रमिलाले गएको मंगलबार बिहान जिल्ला अस्पताल फिदिममा छोरी जन्माइन् । अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

माइतमा घरमा पनि आर्थिक अवस्था एकदमै नाजुक रहेको साथै आमा दमको रोगी र बुवा सामान्य काममात्र गर्नसक्ने हुनाले गर्भवस्थामा पनि मेलापातको कामदेखि घरका काम सबै गर्नुपर्थ्याे । माइतमा भएका दुई दिदीहरुकाे बिहे भइसकेको छ भने दाजुहरु पनि छुट्टिएर बसेका छन् । प्रमिलालाई सुत्केरी गराउन स्थानीय स्वास्थ्य स्वयंसेविकाले फिदिम ल्याएकी हुन् । सुत्केरीपछि श्रीमानको घर र माइत दुवै पक्षबाट प्रमिलाको हेरचाहका लागि कोही नआएपछि प्रमिला संकटमा परिन् ।

त्यसपछि जिल्लामा रहेका मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, र स्थानीय जनप्रतिनिधिलगायतको सहयोगमा उनलाई अहिले फिदिम नगरपालिका अन्तर्गत सञ्चालित फिदिम–४ मा रहेको सामुदायिक सेवा केन्द्रमा राखिएको छ । अल्पकालीन रुपमा आपतमा परेका महिलाहरुलाई सेवा दिने उदेश्यले स्थापना गरिएको सेवा केन्द्रमा उनकाे राम्रै हेरचाह भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार